Advertisement
लोक सेवा आयोगले नेपाल प्रहरीमा एआईजी बढुवाको सिफारिस सदर गरेको छ।
तीनजना डीआईजीले एआईजी बढुवाको निर्णयविरुद्ध लोकसेवामा उजुरी दिएका थिए। योसँगै बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले डीईआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा नियुक्त गर्ने भएको छ।
गृह मन्त्रालयले १ चैतमा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाको सिफारिस गरेको थियो। त्यसविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवामा उजुरी दिएका थिए।
लोक सेवामा उजुरी अदालत जाने पहिलो खुड्किलो हो। आयोगको निर्णयविरुद्ध तीनजनै डीआईजी अदालत जाने तयारीमा छन्।