गोरखा- अजिरकोट गाउँपालिका-५ मुचुकटार बस्ने २७ वर्षीय अर्जुन पाण्डेलाई १ थान भरूवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।