काठमाडौं- बाँके नेपालगंज उपमहानगरपालिका-२० राझाँ चोक नजिक सडकमा भे.१ क ६५७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय वीरबली भण्डारीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
डोटी पूर्वीचौकी गाउँपालिका-७ सिमकट्टेस्थित सडकमा से.१ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टर चालक कैलाली गैरिगंगा नगरपालिका-४ चौमाला बस्ने २५ वर्षीय ज्ञान बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक अछाम चौरपार्टी गाउँपालिका-३ डुङरी बस्ने २४ वर्षीय नर बहादुर भुलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।