• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

कैलालीका नदिमा देखिन थाले डल्फिन


शनिबार, साउन ०५, २०८१ मा प्रकाशित

कैलाली- यहाँका नदीमा दुर्लभ गाङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको छ । नदीमा जलस्तर बढेसंगै मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी १२/१४ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।

Advertisement

टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिकै रहेको पथरैया र काडा नदिको दोभानमा यतिबेला डल्फिन देखिएको बताउदै ढुङ्गानाले डल्फिन हेर्न आउनेहरुको संख्यामा समेत दिनानुदिन बृद्धिहुदै गएको बताए ।

गतवर्ष यहाँको नदीमा असार दोस्रो साताबाट डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले केही ढिलो गरी कैलालीको नदीहरुमा डल्फिन देखिन थालेको हो । मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिने ढुङ्गानाले जानकारी दिए । नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ ।

मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् । माछालगायतको जलीय जीव डल्फिनको आहारा हो ।

कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । गुलेली बाँजेको नामले परिचित भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो । प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ । सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२ र २०१८ को गणनामा ३७ वटा डल्फिन फेला परेको अभिलेखमा उल्लेख गरिएको छ ।

कैलालीका नदीहरुमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ । डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

यसैगरी, डल्फिन देखिने नदीहरुमा प्रशस्त मात्रामा घडियाल र मगर गोही पनि हेर्न सहिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ ।

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.