काठमाडौं- रगतमा कोलेस्टेरोल बढ्नु मुटुका लागि हानिकारक हुन्छ। र, क्यान्सर हुने एउटा कारण पनि हो यो। शाकाहारी खाना नै कोलेस्टेरोल घटाउने उत्तम उपाय हो। शाकाहारी खानामा कोलेस्टेरोल बढाउने तत्व कम हुन्छन्।
– मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलेस्टेरोल भएका खाद्यपदार्थ हुन्। यिनको मात्रा कम गरौँ।
– सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरीको मात्रा पनि मिलाएर खानुपर्छ। काजु, बदामजस्ता नट्स सेवन गर्दा शरीरलाई आवश्यक तेल पुग्छ।
– माछा, कुखुरा र टर्कीको मासुमा कम बोसो हुन्छ। त्यसैले तिनको प्रयोग बढाऊँ।
– खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुरको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुन्छ। तिनको मासु कम खाऔँ।
– खाना पकाउँदा तेल कम राखौँ। दाल, भटमास, सिमी, मटरमा प्रोटिन पाइन्छ। त्यस्ता वस्तु बढी खाऔँ।
– सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल अत्यन्त फाइदाजनक छन्, जसको प्रशस्त सेवन गरौँ।
– माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदामबाट तयार पारिएका खाद्यपदार्थ खाऔँ।