काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।
Advertisement
जल तथा मौसम विज्ञान विभागले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।