• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

यी हुन् नयाँ मन्त्रिपरिषदका ११ नयाँ अनुहार


    Avatar photo
सोमबार, असार ३१, २०८१ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन्। उनीसँगै उनको मन्त्रीमण्डलका दुई उपप्रधानसहित २१ मन्त्रीहरूले पनि सपथ लिएका छन्। ओलीको मन्त्रिपरिषद २२ सदस्यीय बनेको छ।

Advertisement

ओली सरकारमा ४ दल सहभागी भएका छन्। एमालेसहित कांग्रेस, अशोक राईको जसपा र लोसपा सरकारमा सहभागी भएका हुन्। एमालेले ८ मन्त्रालय पाउँदा कांग्रेसले १०, जसपाले दुई र लोसपाले एक मन्त्रालय पाएको छ।

ओली सरकारमा एमालेबाट ४ र कांग्रेसबाट ७ गरि ११ जना पहिलोपटक मन्त्री बनेका छन्।

एमालेबाट मन्त्री बन्ने नयाँ पुराना अनुहार आधा-आधा

८ मन्त्रालय पाएको एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सपथ लिएका छन्।

त्यस्तै, देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउँदा, विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिएकी छन्। दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति र बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा यथावत रहेका छन्। उनीहरू दुवैजना प्रचण्ड सरकारमा पनि सोही जिम्मेवारीमा थिए।

त्यस्तै,  मानवीर राईले रक्षामन्त्रीको सपथ लिएका छन्। यस्तै, राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेका ८ मन्त्रीमध्ये चार पुराना र चार नयाँ अनुहार छन्। एमालेबाट विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल र मानवीर राई पहिलोपटक मन्त्री बनेका छन्। भट्टराई एमालेका दिवंगत नेता तथा पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी पत्नी हुन्। राई भने ३० वर्षपछि हिमाली जिल्ला सोलुखुम्बूमा एमालेको झण्डा फर्फराउन सफल सांसद हुन्। पहिलोपटक निर्वाचन जितेका राईलाई एमालेले रक्षामन्त्रीको जिम्मेवारी सुम्पिएको छ।

पौडेल, गुरुङ, अधिकारी र भण्डारी यसअघि पनि मन्त्री बनिसकेका छन्।

एमालेले अन्तिमसमयमा तीन मन्त्रीको नाम परिवर्तन गरेको थियो। यसअघि योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम पनि मन्त्रीको सूचीमा रहेकोमा सपथ ग्रहणको अन्तिम समयमा उनीहरूको नाम हटाइएको हो। उनीहरूलाई देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईले विस्थापन गरेका छन्।

ओली नेतृत्वको नयाँ सरकारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाग खोजेकी थिइन्। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भण्डारीको चपली हाइटस्थित निवास पुगेका ‌ओलीलाई भण्डारीले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम सिफारिस गरेकी स्रोतले बतायो। स्रोतका अनुसार भण्डारीले बिष्णु पौडेल, गोकुल बास्कोटा र दीपा शर्माको नाम सिफारिस गरेकी थिइन्। तर, उनको सिफारिसमा परेका पौडेलमात्र मन्त्री बन्न सफल भए।

स्रोत भन्छ, ‘उहाँ ‘भण्डारी’ले तीनजना कमरेडहरूको नाम बुझाउनु भएको थियो। तर, तीनै जना मन्त्री बन्ने सम्भावना नभएको प्रधानमन्त्रीज्युले त्यहीँ प्रष्ट पार्नुभएको थियो। हामीले अर्थ मन्त्रालय पाएपछि पौडेल कमरेडको भने विकल्प थिएन।’

यी हुन् कांग्रेसबाट मन्त्री बनेका नयाँ-पुराना अनुहार

यता, १० मन्त्रालय पाएको कांग्रेसले प्रमुख २ गुटमा मन्त्रालय भागबण्डा गरेको छ। सभापति शेरबहादुर देउवा गुटले ७ र शेखर-गगन गुटले ३ मन्त्रालय पाएका छन्। देउवा गुटबाट प्रकाशमान सिंहले उपप्रधान एवं सहरी विकास मन्त्रालयसहित ओली सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन्। त्यस्तै कांग्रेस-एमाले गठबन्धन बनाउँन भुमिका खेलेका प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण मानिने गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नयाँ सरकारमा कांग्रेस सभापति पत्नी आरजु राणा पनि मन्त्री बनेकी छन्। उनले परराष्ट्रमन्त्रीको सपथ लिएकी छन्। त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन्। भने, ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन्। शेखर-गगन समुहका चौधरीलाई देउवाले अगाडि नै मन्त्रीको सूचीमा राखेका थिए।

यता, शेखर-गगन समुहबाट बद्री पाण्डे, प्रदीप पौडयाल र रामनाथ अधिकारी मन्त्री बनेका छन्। उनीहरू तीनैजना मन्त्रीका रुपमा नयाँ अनुहार हुन्। पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पाउँदा रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन्।

देउवा समुहबाट चार नयाँ अनुहार मन्त्री बनेका छन्। परराष्ट्रमन्त्री राणा, खेलकुदमन्त्री चौधरी, वनमन्त्री शाही र उर्जामन्त्री दीपक खड्का पहिलोपटक मन्त्री बनेका हुन्। खड्का यसअघि खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए। तर, मन्त्रीको रुपमा भने उनको यो पहिलो कार्यकाल हुनेछ।

शेखर-गगन समुहले यो पटक आरजुको नाम काटेर आफ्नो समुहलाई चार मन्त्रालयको दाबी गरेको थियो। तर देउवाले आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनाउँदा श्रीमान-श्रीमती एउटै मन्त्रीमणडलमा हुने भएपछि अहिले नै आरजुलाई मन्त्री बनाएको बुढानिलकण्ठ स्रोतले बतायो। शेखर-गगन समुहले तीन मन्त्रालयमा चित्त बुझाउनु परेको हो।

स्रोत भन्छ, ‘माननीय आरजु भाउजुलाई सभापतिको नेतृत्वमा बन्ने सरकारमा सहभागी गराउने कुरा त चलेको हो। फेरि सभापतिज्युको नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा श्रीमतीलाई सहभागी गराउँदा आलोचना हुने ठानेर अहिले नै सहमति भएको हो।’ स्रोतका अनुसार देउवाको नेतृत्वमा बन्ने सरकारमा देउवा र शेखर-गगन समुहले आधा-आधा मन्त्रालय पाउने मौखिक सहमति भएको छ।

जसपा र लोसपाबाट पुरानै अनुहार दोहोरिए

ओली सरकारमा जसपा र लोसपा पनि सहभागी भएको छ। जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानीमन्त्री बनेका छन्। त्यस्तै लोसपाबाट शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। उनीहरू तीनैजना यसअघि पनि पटकपटक संघीय सरकारका मन्त्री बनिसकेका छन्।

सोमबार, असार ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.