Advertisement
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डर रद्ध भएको छ।
टेन्डर रद्ध भएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले पनि राजीनामा दिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले राजीनापत्र बुझाएका हुन्।
टेन्डरमा आर्थिक चलखेलका लागि दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा गर्नै नपाउने गरी सरकारले स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको थियो। स्पेसिफिकेसनको मापदण्डले जेआईईसी–रसुवा–शर्मा जेभीबाहेक अरू सहभागी हुन नपाउने अवस्था थियो।
प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय शय्याको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सीधै इमर्जेन्सीमा झर्ने लिफ्टसमेत बन्नेछ।