काठमाडौं- शिशु जन्मेदेखि ६ महिनासम्म सम्भव भएसम्म आमाको दूध नै खुवाउनुपर्छ। र, यो पर्याप्त हुन्छ। तर, ६ महिना पूरा भएपछि बच्चालाई आमाको दूधसँगसँगै अन्य पोषिलो खानेकुरा पनि खुवाउनुपर्छ।
६ महिनापछि थप खाना खुवाउँदा बच्चाको उमेर, रुचि, मात्रा, सरसफाइ, बाक्लोपना र सक्रियतालगायत कुरामा पनि ख्याल गर्नुपर्छ।
६ देखि ९ महिनासम्म
– आमाको दूधसँगै दिनमा तीनपटक पोषिलो खाना खुवाउने
– खाना खुवाउँदा हतार नगर्ने
९ देखि १२ महिनासम्म
– आमाको दूध र दिनमा तीनपटक खाना र एकपटक खाजा खुवाउने
– खाजामा केरा, अन्डाजस्ता खानेकुरा पनि समावेश गर्ने
१२ देखि २४ महिना
– आमाको दूध र दिनमा तीनपटक खाना र दुईपटक खाजा खुवाउने
– खानामा अन्न वा कन्दमुल, गेडागुडी, तेलहन, गाई वा भैँसीको दूध, दुग्धजन्य अन्य पदार्थ, माछा-मासु, अन्डा, हरियो सागपात र फलफूल मिलाएर खुवाउनुपर्छ।
– ठोस पदार्थमा गहुँ, कोदो, मकै, फापरबाट बनेको लिटो खुवाउने
– जाउलोमा दाल, पालुंगो, काउली, गाँजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी मिसाउने
– फलफूलमा मिचेको केरा, खरबुजा, मेवा, स्याउ खुवाउने