काठमाडौँ । करिब १३ किलो चाँदी लुटपाट गरी फरार भएका चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई पक्राउ गरेको हो ।
Advertisement
पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।
उनीहरूले गत चैत ८ गते झापाको दमक नगरपालिका १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको चाँदी लुटेर लगेका थिए ।
लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।