काठमाडौँ । नेपाली सेनाले ठूलो मात्राामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सेनाले १९४ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।
Advertisement
सेनाले लेखा उपसेनानी, प्रा डा. उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा कर्मचारी माग गरेको हो । सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग गरेको छ ।
त्यस्तै प्रा. डा. उपसेनानी र पाइलट उपसेनानी चार–चार जना माग गरिएको छ । यसका लागि पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन पाउने छन् ।
दरखास्तको मिति आगामी वैशाख १३ गतेसम्म रहेको छ विज्ञापन थप जानकारी आजको गोरखापत्रमा प्रकाशित छ ।