नयाँदिल्ली- मौसमका साथ मानव शरीरले पनि त्यसअनुकुल परिवर्तन जरुरी हुन्छ। तर, मौसम बदलिएरसँगै शरीर तत्काल परिवर्तन हुन सक्दैन। सोही कारण शरीरमा हानिकारक ब्याक्टेरिया र भाइरसले आक्रमण गर्छन्।
गर्मी मौसममा शरीरमा ब्याक्टेरिया र भाइरसको आक्रमणको खतरा अधिक हुन्छ। त्यसैले यो मौसममा शरीरको रोग प्रतिरोधी क्षमता बलियो रहनु उपयुक्त हुन्छ। त्यसका लागि जीवनशैली र खानपान नै महत्त्वपूर्ण हुन्छ।
केही त्यस्ता सब्जीहरू, जसले वर्षायाममा स्वास्थ्य बिगार्न सक्छन्। किनकि, ती सब्जीमा ब्याक्टेरिया र परजीवीहरू सहजै बाँच्न सक्छन्। त्यसैले यो सिजनमा सब्जीहरू छनोटमा सावधानी आवश्यक हुन्छ।
त्यसैले बिरामीबाट बच्न पालक र भेडे खोर्सानी (क्याप्सिकर्म), फूलगोबी र पत्ता गोबी, मुला, गाजर, सलगम र चुकन्दर, च्याउ र बैगन कम खानु उपयुक्त हुन्छ।
यस्तै, केही सब्जीले शरीरको रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम हुन्छ। करेला, लौका, परवल, भिन्डी र रामतोरियाले रोग प्रतिरोधी क्षमता घटाउन मद्दत पुर्याउँछन्।
यी सब्जीहरू पकाउनुअघि १०-१५ मिनट नुन-पानीमा डुबाउनु राम्रो हुने चिकित्सकहरू बताउँछन्। र, सफा पानीमा एकपटक फेरि धोएर मात्र पकाउन अनि सेवन गर्न उनीहरूको सुझाव छ।