काठमाडौं- वर्षात् अर्थात् ह्युमिडिटी र ब्याक्टेरियाको आक्रमणको समय। यो मौसम जति सुन्दर हुन्छ, त्यति नै खतरनाक पनि। खासगरी, इन्फेक्सनको खतरा यो मौसममा अधिक हुन्छ।
मनसुनमा हाम्रा आँखा र छालामा संक्रमणको जोखिम अधिक हुन्छ। कतिपय मानिस वर्षातमा चश्मा लगाउन अप्ठ्यारो मान्छन्। र, आँखामा कन्ट्याक्ट लेन्स लगाउँछन्। कतिपय मानिस शोखका कारण पनि कन्ट्याक्ट लेन्स लगाउन सहज मान्छन्।
तर, त्यही लेन्सले आँखामा संक्रमण हुने खतरा अधिक हुन्छ। त्यसले आँखामा इन्फेक्सन गराउँछ।
कन्ट्याक्ट लेन्सबाट यस्ता संक्रमण
– आँखामा जलन या आँखा रातो हुने
– कर्नियाको इन्फेक्सन (केराटाइटिस)
– आँखा सुक्खा हुने ड्राई आई सिन्ड्रोम
– दर्दनाक चोट या कर्नियल इब्रेसन
– आँखामा इन्फेक्सन या आँखा सुन्निने
– आँखा पिंक हुने कन्जक्टिभाइटिस
– फंगल इन्फेक्सन
किन हुन्छ संक्रमण ?
– कन्ट्याक्ट लेन्स लगाएर सुत्नु
– नुहाउँदा या पौडी खेल्दा कन्ट्याक्ट लेन्स लगाइरहनु
– कन्ट्याक्ट लेन्स लगाएकै समयमा वर्षाको पानीमा भिज्नु
– कन्ट्याक्ट लेन्स लगाएको आँखामा औंलाले छुनु
– अर्को व्यक्तिको कन्ट्याक्ट लेन्स प्रयोग गर्नु
– फोहोर हातले कन्ट्याक्ट लेन्स आँखामा लगाउनु
– कन्ट्याक्ट लेन्समा बिना कम्फर्ट फर्मुला कन्डिसनिङ प्रयोग गर्नु
यी कुरामा अपनाऊँ सावधानी
– सकेसम्म मनसुनको समयमा कन्ट्याक्ट लेन्स नलगाऊँ
– हात राम्रोसँग धोएर मात्र कन्ट्याक्ट लेन्स लगाऊँ
– कन्ट्याक्स लेन्सलाई ल्युब्रिकेट गर्न नभुलौं
– कन्ट्याक्ट लेन्स लगाउँदा आँखा चिलायो तत्काल बाहिर निकालौं
– वर्षा भइरहेको समयमा घरबाट बाहिर निस्किनु छ भने कन्ट्याक्ट लेन्स निकालेर आँखा राम्ररी पखालौं
– कन्ट्याक्ट लेन्सलाई जथाभावि नराखौं, उसकै केसमा राखौं
– कन्ट्याक्ट लेन्स लगाएर नसुतौं
(भास्कर डट कमबाट)