नयाँदिल्ली- हालै भारत उत्तर प्रदेशको हाथरस जिल्लामा भागदौड मच्चिँदा १२२ जनाले ज्यान गुमाए। सुरजपाल अर्थात भोले बाबाको सत्संगपछि भक्तजनको भीडमा भागदौड मच्चिएको थियो। मारिनेमा अधिकांश महिला र बालबालिका छन्।
भारतमा बर्सेनि यस्तै भागदौडमा परी सयौंले ज्यान गुमाउने गरेका छन्। रेल स्टेसन, धार्मिक कार्यक्रम, मेला र चुनावी र्यालीहरूमा यसरी नै भागदौड मच्चिने गरेको छ। त्यसैले त्यस्ता भीडभाडयुक्त ठाउँमा पुग्दा उच्च सतर्कता अपनाउनु जरुरी छ।
यस्ता घटनामा फसियो भने बच्ने कसरी ?
– बक्सरको पोजमा खडा रहनूस्। त्यसबाट फोक्सो बचाउन सकिन्छ, जसले श्वासप्रश्वासका लागि सहज बनाउँछ। र, शरीरमा अधिक दबाब पर्दैन।
– एकतिर ढल्केर सुत्नूस्। हातले शीरलाई ढाक्नूस्।
– भीडमा लडियो भने पेट या ढाडको मद्दतमा नरहनूस्, एकातिर ढल्किहाल्नूस्
– भीडमा कहिल्यै भीडको विपरीत दिशामा जान खोज्नु हुँदैन। भीड बगेकै दिशातर्फ सुरक्षित बाहिर निस्किने प्रयास गर्नूस्।
भीडमा भागदौड हुनबाट कसरी बचाउने ?
– इन्ट्री र एग्जिटका लागि अलग-अलग बाटो बनाउने गर्नुपर्छ।
– सवारी साधनहरू पार्किङ स्थल व्यवस्थित बनाऊँ।
– इमर्जेन्सी एग्जिटका लागि गेटको साइन बोर्ड समारोह स्थलमा यत्रतत्र राखिदिनुपर्छ।
– भीडको आउजाउ व्यवस्थित गर्न समारोह स्थलमा प्रोपर ब्यारिकेडिङको व्यवस्था हुनुपर्छ।
– इमर्जेन्सी अवस्थाका लागि आयोजना स्थलमा मेडिकल फस्ट एड कक्ष अनिवार्य राख्नुपर्छ।
– जेनेरेटर, सर्किट ब्रेकरजस्ता विद्युतीय उपकरण भीडभाडभन्दा टाढा राख्नुपर्छ।
– आयोजना स्थलमा पुग्ने सबै मार्गमा यातायातको व्यवस्था हुनुपर्छ।