निर्वाचन आयोगले आइतबार स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ। वैशाख ३० मा हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो।
Advertisement
नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।
दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ । अब एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।
आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।
२०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।