कैलाली– हरियाली धनगढीअन्तर्गत एकैपटक करिब १८ सय बिरुवा रोपिएको छ। धनगढी उपमहानगरपालिकाले शनिबार एकैपटक क्याम्पस रोड हुलाकी सडकको शुन्य बिन्दुदेखि कालिका मन्दिर सम्म रहेको मिडियममा १ हजार ७९५ बोट बिरूवा बृक्षारोण गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढीलाई हरियाली धनगढी बनाउने अभियानअन्तर्गत आज बिहान उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, विभिन्न स्कुलका विद्यार्थी लगायत सर्बसाधारणले बिरुवा रोपेका हुन।
धनगढीमा निर्माण सम्पन्न भएका सडक र निर्माणाधीन सडकहरुलाई हरियाली बनाउने अभियान धनगढी उपमहानगरपालिका लिएको जनाउदै बृक्षारोपणको कामलाई उपमहानगरपालिकाले निरन्तरता दिने उपमेयर रानाले बताइन्।
वातावरण प्रदुषण, स्वच्छ हावाको कमीका कारण गर्मी बढ्दै गएको र रोगसमेत निम्त्याउन सक्ने भएकोले उपमहानगरपालिकाका जनतालाई यसले थोरै भएपनी राहत दिने उपमेयर रानाले बताइन्।
