• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


शनिबार, चैत १२, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-१४ बल्खुमा ना.५ ख ७५०८ नम्बरको ट्रक, बागमती प्रदेश ०१-०२५ च.७२० नम्बरको डिआई गाडी, बा.१ प ९८८ नम्बरको हाइस गाडी र बा.४९ प ७१८५ नम्बरको स्कुटर एक-आपसमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका २९ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सबै सवारी साधन, ट्रक चालक र हाइस चालकलाई नियन्त्रणमा लिई हाल फरार डिआई गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Advertisement

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्थित सडकमा बा.३ ख ५१९३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भू हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर भक्तपुर नगरपालिका-१ सृजनानगरमा बा.४ ख २००१ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प.६११४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३६ वर्षीय रमेश तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन राप्ती नगरपालिका-१ महादेवटारमा ना.४ ख ४६०९ नम्बरको ट्रक र प्र.३-३-००१ प ५८३३ नम्बरको मोटरसाइकल शुक्रबार राति एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरी बस्ने ५५ वर्षीय रमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा बिर्तामोड नगरपालिका-१ भगवान चोकमा प्र.१-०२-००२ च ४७१५ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री कमल गाउँपालिका-५ बस्ने ६५ वर्षीय बालकृष्ण चौधरीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा से.६ प ८५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय तपेन्द्र बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता
साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • २.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ३.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

  • ४.
    मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

  • ५.
    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

  • ६.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • ७.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ८.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.