महोत्तरी- औराही नगरपालिका-४ कठुधार नजिक सडकबाट करिब ८ किलो अवैध लागूऔषध गाँजा सहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरुमा सोनमा गाउँपालिका-८ बस्ने ३५ वर्षीय रामबिश्वास यादव र सोही ठाउँ बस्ने २७ वर्षीय रंजित कुमार यादव रहेका छन् ।
प्र.२-०४-००१ प १८६० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय महोत्तरी समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।