• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुष्मिता क्षत्री हत्या प्रकरण : २ वर्षदेखि न्यायको गुहार माग्दै माइती पक्ष


शनिबार, चैत १२, २०७८ मा प्रकाशित

Advertisement

दुई वर्षअघि आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका-४ सूर्यचोककी २६ वर्षीया सुष्मिता क्षत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेको छ।

रिपोर्टर्स क्लब, काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै माइती पक्षले न्याय पाउने अन्तिम चरणमा हेटौंडा जिल्ला अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेको हो।

सुष्मिताका ठूलो बुवा हेमबहादुर खड्काले गत २५ फागुनमा पेशीको दिन न्यायालयले गरेको व्यवहारले आफूहरू सशंकित भएको बताए। उनले भने, ‘फागुन २५ गते पेशीको अन्तिम दिन थियो, तर हामीलाई केही नभनिकन न्यायाधीश बेञ्चबाट बाहिरिनुभयो, हामी त हेरेको हेर्‍यै भयौं। एक महिला कर्मचारीले दुई घण्टापछि पो तपाईंहरूको पेशी स्थगित भयो भन्नुभयो। अब हामी न्यायको अन्तिम चरणमा छौं।’

आगामी १४ चैतमा फेरि अर्को पेशी तोकिएको उनले उल्लेख गरे। दुई वर्ष बितिसक्दा पनि न्याय प्रक्रियाबारे आजसम्म केही प्रतिक्रिया र गुनासो नगरेको भन्दै आज भने बाध्य भएर छोरीको न्यायको लागि मुख खोल्नुपरेको उनले बताए।

छोरीको हत्याकाण्डको कानूनी प्रक्रियामा भइरहेको ढिलाइबारे गुनासो पोख्न कपिलवस्तुबाट तीन दिनअघि काठमाडौं आएको बताउँदै खड्काले आफूहरूलाई तलमाथि केही भएमा त्यसमा अन्यथा हुने बताए। सुष्मितालाई लोहोरो प्रयोग गरेर थिचीथिची र तड्पाई–तड्पाई हत्या गरिएको उनको भनाइ थियो।

सुष्मिताका बुवा कृष्णबहादुर क्षत्रीले आफूले माया गरेर हुर्काएर बढाएकी एक मात्र छोरी गुमाएको दुई वर्ष बितिसकेको तर न्याय पाउन ढिलाइ भएको गुनासो गरे। आफ्नी छोरीलाई केटाको परिवार मिलेर भान्छा कोठामा थिचीथिची हत्या गरेको भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि अहिलेसम्म न्याय पाउन नसकेको बताए।

उनले भने, ‘धेरै नै भएर सेलाएको हो कि, कसैले नसुनेको हो कि, नबुझेको हो कि भनेर झकझक्याउन काठमाडौं आएका हौं।’

कार्यक्रममा मृतकका आफन्त अच्युतराज ज्ञवालीले सुष्मिता क्षत्रीको हत्यालाई जघन्य अपराधको संज्ञा दिए। सुष्मिताको हत्या नितान्त धन सम्पत्तिको निम्ति भएको भन्दै उनले षड्यन्त्र गरेर सुष्मिताका श्रीमान् रूपेन्द थापाको पनि हत्या भएको आरोप लगाए।

श्रीमानको मृत्यु भएको नौ महिनापछि सुष्मितालाई घरकै सासु, ससुरा, नन्द, नन्देभाई सबै मिलेर कसैले थिच्ने र कसैले समाएर हत्या गरेको उनको भनाइ थियो। उनले भने, ‘एउटा छोरोको हत्या गरेपछि त्यसको हकदार श्रीमती भएकोले सुष्मितालाई पनि मारेर बीमाको रकम, पेन्सनको रकम, घरजग्गा यी सबै उपभोग गर्न पाइने भएकोले ग्रान्ड डिजाइन गरेर सुष्मिताको हत्या गरिएको हो।’

‘ससुराले मैले मारेको हुँ, हत्यामा अरू कसैको हात छैन’ भनेर बयान दिएको उनले बताए। ससुराको बयानबारे बताउँदै उनले आफूले मात्र अपराध गरेको स्वीकार गर्नुलाई अन्य परिवारका सदस्य छुटुन् भनेर मनाशायले गरेको प्रपञ्चको संज्ञा दिए।

न्यायालयले निष्पक्ष र वास्तविक न्याय दिने आशा गरेर बसेको दुई वर्ष बित्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै उनले बताए। ‘सरकारी वकिलले यो केसमा मलाई के को चासो भन्दै अलि ठाडो कुरा गर्नु र अदालतको इजलासमा बसिसकेका न्यायाधीशहरू कसैले पनि त्यो मुद्दा रोकिएको सुनाएनन् र न्यायाधीशहरू उठेर गए, सरकारी वकिलले चासो दिएनन्,’ उनले भने।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता
साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • २.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ३.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

  • ४.
    मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

  • ५.
    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

  • ६.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • ७.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ८.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.