Advertisement
भारतमा पेट्रोल, डिजेलको मूल्य पाँच दिनमा चारपटक बढेको छ। पछिल्लोपटक दिल्लीमा पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर ८० पैसा बढेको छ।
चार महिनाको अन्तरालमा गत मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढाइएको थियो। त्यसयताका पाँच दिनमा दुवै इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ २० पैसा बढिसकेको छ।
दिल्लीमा अहिले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ६१ पैसा (नेपाली १५७ रुपैयाँ ७७ पैसा) र डिजेल ८९ रुपैयाँ ८७ पैसा (नेपाली १४३ रुपैयाँ ७९ पैसा) छ।
मुम्बईमा प्रतिलिटर पेट्रोल ११३.३५ भारु र डिजेल ९७.५५ भारु पुगेको छ। भारतमा हरेक राज्यमा पेट्रोल र डिजेलको मूल्य अलग–अलग हुन्छ। र, स्थानीय करहरू अनुसार मूल्य घटबढ हुने गर्छ।