काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला हुँदै छ । नयाँ बानेश्वरस्थित अर्पण ब्याक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने भएको छ ।
Advertisement
भेलाको समापन समारोहलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । संगठनको प्रथम राष्ट्रिय भेलाले स्थानीय निर्वाचनमा पार्टीलाई सहयोग गर्ने गरी कार्यक्रम तय गर्ने बताइएको छ ।
भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् ।