काठमाडौं- कैलाली गोदावरी नगरपालिका-२ बसपार्कस्थित हिमा पुलामीको अम्बिका होटलमा काम गर्ने सुर्खेत घर भएका ३४ वर्षीय विवेक सापकोटा सोही होटलको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-३ बल्चोर बस्ने ७५ वर्षीय सिता राम थारु सोही ठाउँ बल्चोरस्थित रानिजमरा कुलरिया सिँचाई आयोजनाको पानी निकाशा हुने ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो घरबाट निस्की हराएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो ।