नयाँदिल्ली- मानव शरीरमा खर्बौं कोशिकाहरू हुन्छन्। ती कोशिका खास प्याटर्नमा नियन्त्रित तरिकाबाट बढिरहेका हुन्छन्। र, कालान्तरमा आफैं नष्ट पनि हुन्छन्।
जुन कोशिका नष्ट हुन्छन्, तिनको ठाउँमा अरू कोशिका आउँछन्। तर, अब कुनै कोशिका अनियन्त्रित ढंगले बढ्छन्, त्यसबाट ट्युमर पलाउँछ। तिनै ट्युमरले क्यान्सरको रूप लिन्छन्।
स्तनमा त्यसरी नै बढेका कोशिकाहरूले ट्युमर गराउँछन्। र, स्तन क्यान्सर हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्तन क्यान्सर विश्वको कमन क्यान्सर हो।
शुरुवाती चरणमा स्तन क्यान्सरको कुनै लक्षण देखिँदैन। भित्रभित्रै विकसित ट्युमर शुरुमा बाहिर महशुस हुँदैन। किनकि, ती साह्रै साना हुन्छन्। तथापि, सबै गाँठागाँठी ट्युमर हुँदैनन्। गाँठागाँठी देखिन थाले भने क्यान्सरको लक्षण हो कि भनेर जाँच भने गराइहाल्नुपर्छ।
यस्ता छन् ब्रेस्ट क्यान्सरका लक्षण
– स्तनमा धेरै गाँठा देखिनु
– स्तनमा दुखाइ महशुस हुनु
– निपलबाट रगत निस्किनु
– निपल्स उल्टो हुन थाल्नु
– स्तनको छालामा विभिन्न प्रकारका परिवर्तन
– स्तनको छालामा राता धर्सा देखिनु
– काखीमुनि गाँठो देखिनु या सुन्निनु
– स्तनको बनावट परिवर्तन हुन थाल्नु
– पूरै स्तन या केही हिस्सामा सुन्निएको देखिनु
– स्तनबाट दूधको साटो पानी निस्किनु
को बढी जोखिममा ?
– महिलामा स्तन क्यान्सरको खतरा अधिक हुन्छ
– अर्ली मिन्सुरेसनबाट पनि जोखिम
– ५५ वर्षभन्दा अधिक उमेरमा खतरा
– बीआरसीए-१ र बीआरसीए-२ जिन वालालाई ज्यादा खतरा
– नियमित मदिरा सेवन गर्नेहरू बढी जोखिममा
– ब्रेस्ट टिस्यु सघन देखियो भने ब्रेस्ट क्यान्सरको खतरा
– वंशाणुगत कारण
– उमेर ढल्किएपछि बच्चा जन्माएका महिला बढी जोखिममा