नयाँदिल्ली- अधिकांश कस्मेटिक्स र ब्युटी केयर प्रोडक्ट्समा रसायनहरू प्रयोग गरिएको हुन्छ। ती रसायनहरू लामो समय उपयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
त्यस्ता रसायनले हर्मोनल सिस्टममा गडबडी, छालाको इन्फेक्सनजस्ता समस्या निम्याउँछन्। कतिपय रसायनले छालाको क्यान्सर पनि उत्पन्न गराउँछन्। त्यसैले महिलाहरूले नियमित प्रयोग गर्ने लिपिस्टिकहरूमा प्रयोग भएका रसायनहरू बारे जानकारी राख्नु उपयुक्त हुन्छ।
विज्ञहरूका अनुसार पर्सनल हाइजिन र ब्युटी केयर प्रोडक्ट्समा लामो समय सुरक्षित राख्ने, वास्नादार र घामबाट बचाउने उद्देश्यले रसायनहरू प्रयोग गरिएको हुन्छ, जसले छालालाई इन्फेक्टेड गर्न सक्छन्।
कुन ब्युटी केयरमा कस्तो रसायन ?
पसिना र गन्ध हटाउन त्यस्ता प्रोडक्ट्समा टेल्कम पाउडर मिसाइएको हुन्छ। त्यस्तो पाउडर स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। त्यस्ता पाउडरले छालामा स-साना प्वालहरू टालिदिन्छन्।
उक्त पाउडरमा म्याग्नेसियम र सिलिकेट मिसाइएको हुन्छ। किनकि, पसिनामा सोडियम हुन्छ। सोडियम र म्याग्नेसियमले पसिनालाई सोस्छन्। टेल्कम पाउडरमा एस्बेस्टस र स्पाटिक नामक सब्सट्यान्स हुन्छन्, जो फोक्सोको क्यान्सरका कारण बन्न सक्छन्।
नेल पोलिसमा टोल्यूनिन, फर्मेल्डिहाइड र डिब्युटाइल फेथलेटजस्ता हानिकारक रसायन हुन्छन्। यस्तै, नेल रिमुभरमा एसिटोसिन पाइन्छ। यी सबै सब्सट्यान्स छालाका लागि हानिकारक हुन्छन्।
यस्तै, छालामा पलाउने अनावश्यक रौं हटाउन हेयर रिमुभल क्रिम प्रयोग गरिन्छ। त्यस्तो क्रिममा क्याल्सियम हाइड्रोक्साइड प्रयोग गरिएको हुन्छ। क्याल्सियम हाइड्रोक्साइड र पोटासियम हाइड्रोक्साइडले छालालाई जलाइदिन्छन्।
यस्तै, हेयर डाई प्रयोग गर्नेहरू पनि खतराबाट टाढा छैनन्। त्यस्ता प्रोडक्सट्समा प्रयोग भएका रसायनले एलर्जी गराउँछन् र हर्मोन्सलाई पनि बाधा गराउँछन्।
कतिपय हेयर डाईमा अमोनिया, हाइड्रोजेन पेरोक्साइड र पी-फेनिलेडियमाइनजस्ता रसायन मिसिएका हुन्छन्। अमोनियाले केशलाई प्रोटिनबाट अलग गरिदिन्छ। हाइड्रोजन पेरोक्साइडले केशलाई ब्लिच गर्छ। पी-फेनिलेडियमाइनले केशलाई सफ्ट बनाउँछ। यी सबै रसायनले आँखामा एलर्जी गराउँछन्।
ब्युटी प्रोडक्ट खरिद गर्दा अपनाऊँ यस्ता उपाय
– ब्युटी प्रोडक्ट्सा प्रयोग गरिएका सब्सट्यान्सहरू राम्रोसँग नियालौं
– आफ्नो छालाअनुसारको प्रोडक्ट्स छनोट गरौं
– प्रोडक्टको पीएच लेभल हेरौं
– ब्रान्डको अनलाइन रिभ्यू पढौं
– प्रोडक्ट शरीरमा लगाउनुअघि प्याच टेस्ट गरौं