नयाँदिल्ली- मानिसलाई जीवित रहन भोजन र पानी प्राथमिक आवश्यकता हुन्। भोजनबाट मिल्ने ऊर्जा र पानीबाट प्राप्त हुने हाइड्रेसनको मद्दतबाट हाम्रो शरीरले काम गर्छ।
दैनिक डाइटमा अलग-अलग खाद्यपदार्थ सामेल गर्दा र पर्याप्त पानी पिउँदा शरीरले ठीक ढंगले फंक्सन गर्न सक्छ। शरीरलाई आफ्नो कामकाजका लागि ऊर्जाको निरन्तर आवश्यकता हुन्छ। त्यस्तो ऊर्जा शरीरले भोजन र पानीमार्फत प्राप्त गर्छ।
भोजन र पानीमार्फत शरीरले क्यालोरी प्राप्त गर्छ। र, त्यसैलाई ऊर्जाको स्रोत बनाउँछ। यदि शरीरलाई आफ्नो लाइफ सपोर्टिङ काम पूरा गर्न पर्याप्त क्यालोरी प्राप्त नभएको अवस्थालाई भोकमरी अर्थात् स्टार्भेसन भनिन्छ। लामो समय भोको बस्दा मानिसको मृत्यु नै हुन्छ। पानी र भोजन दुवै नखाई-नपिई बसेको मानिस एक सातासम्म जीवित रहन्छ भनिन्छ। र, भोजन नगरी पानी मात्र पिएर बसेको मानिस ३ महिनासम्म जीवित रहने विश्वास छ।
कस्तो हुन्छ भोकमरीको लक्षण ?
– शरीरमा अचेतन अवस्था
– रिंगटा लाग्नु
– कग्निटिभ परिवर्तन
– निम्न रक्तचाप
– मुटुको धडकन कमजोर हुनु
– कमजोरी
– डिहाइड्रेसन
– पेटमा दुखाइ महशुस हुनु
सही फास्टिङका फाइदा
– तौल नियन्त्रणमा रहन्छ
– इन्सुलिन सेन्सिटिभिटीमा सुधार
– बडी डिटक्स रहन्छ
– मुटुको स्वास्थ्यमा सुधार
– मस्तिष्कको स्वास्थ्य राम्रो रहन्छ
– रोग प्रतिरोधी क्षमतामा बढोत्तरी
– इन्फ्लेमेसन कम हुन्छ
– छालाको स्वास्थ्य राम्रो रहन्छ
फास्टिङका सही तरिका
– इन्टरमिटेन्ट फास्टिङ
उपवास र खानाको बीचमा इन्टरमिटेन्ट फास्टिङ साइकल अपनाउन सकिन्छ। यसमा १६-८ विधि लोकप्रिय छ। यसमा २४ घण्टाभित्र १६ घण्टासम्म फास्टिङ बस्न सकिन्छ। र, ८ घण्टाको बीचमा २-३ पटक खाना खान सकिन्छ।
– अल्टरनेटिभ डे फास्टिङ
यसमा एक दिन खाना खाने र अर्को दिन फास्टिङ बस्न सकिन्छ। यो अल्टरनेटको तरिकाबाट फास्टिङ बस्ने उपाय हो।
– इट-स्टप-इट फास्टिङ
यसमा सातामा एक या दुईपटक २४ घण्टाको फास्टिङ बस्न सकिन्छ।
– पिरियोडिक फास्टिङ
यसमा भोजन निर्धारित दिनहरूमा सीमित रहन्छ। जस्तो- महिनामा ३ दिन लगातार उपवास बस्न सकिन्छ।