• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

धनगढीमा रगत पाउनै मुस्किल


बिहिबार, असार १३, २०८१ मा प्रकाशित

कैलाली- बढ्दो गर्मी र खेतीपातीको सिजनका साथै नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ। अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।

Advertisement

क्षेत्रीय रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो। चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लिने गरेका छन्।

अति आवश्यक भएकालाई रगत पुर्‍याइएको पन्तले जानकारी दिए। रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पन्तले बताए।

केन्द्रमा दैनिक ४०/४५ युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत १८/२० युनिट मात्र हुने गरेको उनले जानकारी दिए। रगत अभावका कारण बिरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ।

प्रदेशकै केन्द्रमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, अस्पतालमा हुने प्रसुतिको शल्यक्रिया, सिकलसेलका बिरामीका लागि बढी रगत आवश्यक पर्दछ। यहाँका प्रादेशिक अस्पताल लगायत आधा दर्जन निजि अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्दछन्।

जेठ महीनादेखि साउनसम्म रगतको चरम अभाव हुने गर्दछ । मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पुर्‍याइदिन नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले आज एक सुचना नै जारी गर्दै संघसंस्था र स्वयंसेवी रक्तदाताहरुलाई रगत दान गरिदिन आग्रह गरेको छ ।

प्रदेशकै राजाधानी भएका कारण उपचारका लागि अन्य जिल्लाबाट समेत उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढी रहेको स्वयंसेवी रक्तदाता दीपक उपाध्यायले बताए ।

आफुलाई समेत दैनिक ८/१० कल फोन रगतकै लागि आउने गरेको बताउदै १०५ पटक रक्तदान गरेका उपाध्यायले अहिलेसम्म जेनतेन रगतको म्यानेज गरिरहेको बताए ।

बिहिबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ३.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ६.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ७.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ८.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.