नयाँदिल्ली- मनमा उदासीले डेरा जमायो भने आरामसँग बसेर राम्रो कुराको कल्पना गर्न थाल्नुपर्छ। र, आरामपूर्ण माहोलमा चियाको सर्कोसँगै सकारात्मक सोच बढाउनुपर्छ। चिसो हावा चलिरहेको स्थानमा बस्नु त्यसका लागि उपयुक्त हुन सक्छ।
तत्कालै ‘ह्याप्पी हर्मोन’को एक झोंका आउँछ। र, तन र मनलाई रिल्याक्स गराउँछ। अनि उदास बसिरहेको मानिसको चेहरामा एकाएक मुस्कान बढ्छ। भविष्यको सुन्दर कल्पना अर्थात् एन्टिसिपेसनले मानिसमा खुशी नै खुशी सिर्जना गरिदिने अध्ययनहरूको निष्कर्ष छ।
एन्टिसिपेसनलाई सहज भाषामा सकारात्मक सोच पनि भनिन्छ। यो एक मनोवैज्ञानिक अभ्यास हो, जसले मनलाई सुखद अनुभूति दिलाउँछ। जो काम मानिसको रोजाइमा हुन्छ, त्यसबारेमा शान्त मनले सोच्नु नै एन्टिसिपेसन मानिन्छ।
उदाहरणका लागि कुनै मानिसलाई समुद्र किनारमा बस्न र सूर्योदय या सूर्यास्त अवलोकन गर्न रुचि छ भने त्यस्तै कल्पनाले मनमा शान्ति दिन्छ। त्यसरी कल्पनामा डुब्दा वास्तवमै समुद्री किनारमा बसिरहेको अनुभूति मिल्छ।
एन्टिसिपेसनका लागि टिप्स
– आफूलाई रुचिकर क्रियाकलापका बारेमा योजना बनाउनूस् र त्यसका बारेमा सोच्नूस्
– एस्पिरेसन बोर्डको माध्यमबाट त्यस्तो अनुभव व्यक्त गर्नूस्
– रुचिकर क्रियाकलापका लागि स-साना लक्ष्य तय गर्नूस्
– कुनै परियोजनाको सकारात्मक परिणामका बारेमा सोच्नूस्
एन्टिसिपेसनका अनेक फाइदा
– स्पेसल अनुभूति हुन्छ, कन्फिडेन्स बढ्छ
– भविष्यमा राम्रा काम गर्न प्रेरणा मिल्छ
– मानसिक स्वास्थ्य मजबुत हुन्छ, खुशी बढ्छ
– कामलाई राम्रोसँग गर्न बहाना प्राप्त हुन्छ
– कम समय र प्रयासमै मनमा रिल्याक्स प्राप्त हुन्छ
एन्टिसिपेसनले सामान्य अवस्थामा खुशी दिनुका साथै कठिन समयमा तनाव, एन्जाइटी र डिप्रेसनबाट बाहिर निस्किने क्षमता दिलाउँछ। त्यस्तो अवस्थामा एस्पिरेसन बोर्ड प्रविधि सहयोगी हुन सक्छ।
त्यसका लागि आफ्नो रुचिकर गतिविधि, सोच र यादलाई डायरीमा नोट गर्नूस्। फोटो स्केच, ग्राफिकलगायत संकलन गर्नूस्। त्यसमार्फत रुचिकर क्रियाकलाप, सोच र याद ताजा हुन्छन्। साइकोलोजी टुडेको रिपोर्टअनुसार एस्पिरेसन बोर्ड तयार गर्ने क्रममा मुड धेरै हदसम्म राम्रो बन्छ।
(भास्कर डट कमबाट)