नयाँदिल्ली- ब्रिटिस महिला केली नाइप्स दिनभरको कामबाट थाकेर सुतेकी थिइन्। बिहान उठेर उनले आफ्नो मोबाइल हेरिन्। उनको बैंक एकाउन्टबाट ३ हजार युरो अर्थात् ४ लाख २९ हजार नेपाली रुपैयाँ बराबर गायब भएको थियो।
उक्त रकम सपिङमा खर्च भएको थियो। जब कि, केली निन्द्रामा थिइन्। त्यसो भए उनको बैंक एकाउन्टबाट कसले सपिङ गर्यो त ? त्यसको जवाफ हो, उनी आफैंले सपिङ गरेकी थिइन्, त्यो पनि गहिरो निन्द्रामा।
खासमा, उनी दुर्लभ स्लिप डिसअर्डर ‘प्यारासोम्निया’बाट पीडित थिइन्। उक्त समस्या भएका व्यक्तिहरूले निन्द्रामा आफैंले नचाहेको हर्कत गर्छन्। र, त्यसबारे उनीहरू आफैंलाई जानकारी हुँदैन।
निन्द्रामा बडबडाउने, ओछ्यानमै दिसा, पिसाब गरिदिने, दाँत किटकिटाउनेजस्ता समस्या प्यारासोम्निया भएका व्यक्तिमा देखिन्छ।
अचानक बडबडाउन थाल्ने, उठेर बस्ने, भान्सामा पुगेर खानेकुरा खाने र ओछ्यानमै पिसाब फेर्नेजस्ता गतिविधि त्यसबाट पीडित व्यक्तिले गर्छन्। उनीहरूलाई त्यसबारे जानकारी नै हुँदैन। निदाएको केही मिनटपछि, राति जुनसुकै समयमा निन्द्रा खुल्दा, निन्द्रा खुलेको केही मिनटभित्र यस्तो व्यवहार गर्छन्।
प्यारासोम्निया ३ प्रकारका हुन्छन्। तिनका लक्षण पनि अलग-अलग हुन्छन्।
लक्षण
– राति सुत्न कठिनाइ
– निन्द्रा खुलेपछि कन्फ्युजन
– उठेर आफू कहाँ छु भनेर सम्झिने प्रयास गर्ने
– दिनभर थकित देखिनु
– शरीरमा अनौठा चोटका निशान
– सुतेको समयमा आफैंले नचाहने हर्कतहरू गर्नु
निन्द्राको दौरान हुने प्यारासोम्निया
– निन्द्रामा डरलाग्दा सपना देख्नु
– निन्द्रामै हिँडडुल गर्नु
– ओछ्यानमै दिसा, पिसाब गर्नु
– निन्द्रामा बारम्बार उठ्नु तर चेतना नहुनु
के केसम्म गर्छन् निन्द्रामा ?
– निन्द्रामै च्याट गर्नु
– निन्द्रामै सपिङ गर्नु
– यौनजन्य क्रियाकलाप गर्नु
– टाउको भयानक दुख्नु
– आफ्नै शरीरमा चोट पुर्याउनु
– निन्द्रामै गाडी चलाउनु
– निन्द्रामा घुर्नु
चिकित्सकहरूका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिले निन्द्रामै बालबालिकामाथि दुर्व्यवहार गर्छन्। कुनै ठूलो दुर्घटनामा पनि पर्न सक्छन्। त्यसैले यस्तो समस्या देखिएका व्यक्तिलाई तत्काल चिकित्सककहाँ पुर्याउनु जरुरी छ। अन्यथा उमेर बढेसँगै उनीहरूको समस्या पनि बढ्दै जान्छ। तर, समयमै चिकित्सककोमा पुर्याइयो भने यसको उपचार सम्भव छ।
(भास्कर डट कमबाट)