• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

शरीरमा अक्सिजनको मात्रा घट्दै छ ? यसरी थाहा पाउनुहोस्


    Avatar photo
सोमबार, असार १०, २०८१ मा प्रकाशित

सामान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा बढी हुनुपर्छ । मानिसको अक्सिजन लेबल ७५ प्रतिशत भन्दा मुनि भएमा बिरामी बेहोस हुने, बर्बराउने हुनसक्छ ।

Advertisement

शरीरमा अक्सिजनको लेबल विभिन्न कारणले हुनसक्छ । यसमा दम र छातीमा निमोनियाको कारण पनि एक हो । यसले फोक्सो बिगार्छ, जसकारण अक्सिजनको कमी हुन्छ । त्यस्तै उच्च उचाइमा जाँदा, सगरमाथा चढ्दा, कहिलेकाहीं गुम्म कोठामा आगो बालेर बस्दा पनि शरीरमा अक्सिजनको कमी हुनसक्छ । रगतमा हेमोग्लोबिनको कमी हुँदा पनि अक्सिजनको कमी हुनसक्छ ।

शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ?

सास फेर्न गाह्रो हुनु

अक्सिजनको कमी भएमा कतिपयलाई सास फेर्न गाह्रो हुन थाल्छ । निस्सासिएको महसुस हुन्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन्छ, जसले गर्दा बेचैनी र घबराहट बढ्छ । यसले शरीरमा चिटचिट पसिना आउने, चिडचिडा हुने गर्छ । यस्तो अवस्थामा शरीरमा अक्सिजनको कमी भएको थाहा पाउन सकिन्छ ।

छाती दुख्नु

छाती दुख्नु पनि शरीरमा अक्सिजनको कमीको संकेत हो । फोक्सोमा अक्सिजनको मात्रा कम हुँदा छाती दुख्ने समस्या हुन्छ । मस्तिष्कमा अक्सिजनको मात्रा कम र कार्बनडाइअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यही कारण झुम्म हुने, बेहोस हुने हुन्छ ।

मुटुको धड्कन बढ्नु

एक्कासि मुटुको धड्कन बढेको छ भने शरीरमा अक्सिजन कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजन कमी भएपनि मुटुमा पनि स्वतः अक्सिजन कमी हुने हुन्छ । यसले रक्तसञ्चारमा समस्या हुन्छ । त्यसले राम्रोसँग काम गर्न असमर्थ हुन्छ । यस्तो अवस्थामा मुटुको धड्कन असामान्य रूपमा बढ्छ ।

हातखुट्टा निलो हुनु

विना कारण हातखुट्टा निलो भएको छ भने शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजनको मात्रा कम हुनु भनेको कार्बनडाइअक्साइको मात्रा बढ्नु हो । यस्तो अवस्थामा अनुहार, ओठ निलो भएर जान्छ ।

बारम्बार हाइ आउनु

कहिलेकाहीं राम्रोसँग निद्रा लागे पनि वा अल्छी महसुस नभए पनि बारम्बार हाइ आउने गर्छ । यस्तो अवस्थामा हाइ शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । किनभने मष्तिस्कमा अक्सिजनको कमी हुँदा हाइ आउँछ । हाइले अक्सिजनको आपूर्ति गराएर शरीरमा ऊर्जा बढाउन मद्दत गर्छ ।

निद्रा लाग्नु

रातभरि मज्जाले सुते पनि दिउँसो निद्रा लाग्ने गर्छ भने त्यो पनि शरीरमा अक्सिनजको कमी हुने संकेत हुनसक्छ । किनभने मस्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा पूरा निद्रा सुते पनि निद्रा लाग्ने वा झुम्म भइराख्ने, कमजोरी महसुस हुने हुन्छ ।

यसबाहेक टाउको दुख्ने, दृष्टिमा समस्या, रिंगटा लाग्ने, हातखुट्टा सुन्निने र बेहोस भएर ढल्ने जस्ता समस्या देखिन्छ । त्यस्तै लामो समय शरीरमा अक्सिजनको मात्रा कमी भएका व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

सोमबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.