नयाँदिल्ली- अफिसमा अनेक किसिमका मानिससँग भेट हुन्छ। कोही अत्यन्तै राम्रा, कोही साह्रै खराब, कोही रिजर्भ त कोही टक्सिक।
टक्सिक मानिसहरू भएको अफिसमा मानसिक स्वास्थ्य खराब हुन जान्छ। त्यस्ता मानिसहरू भएको अफिसमा काम गर्ने वातावरण शून्य रहन्छ। त्यस्ता मानिसहरूको ध्यान काममा हुँदैन। र, अरू सहकर्मीलाई खराब व्यवहार गर्नमै व्यस्त रहन्छन्।
जब कि, मानिसले आफ्नो जीवनकालमा ९० हजार घण्टा अफिसमा बिताउनुपर्छ। त्यस्तो अवस्थामा टक्सिक व्यक्तिहरूले आफ्ना सहकर्मीहरूको मानसिक स्वास्थ्य नराम्रोसँग बिगारिदिन्छन्।
अफिसमा शान्ति भएन भने मानिसको आधा जिन्दगी नरकजस्तो हुन्छ। त्यसैले अफिसमा शान्तिपूर्वक र खुशी साथ काम गर्ने वातावरण हुनुपर्छ। तर, टक्सिक व्यक्तिहरूले शान्ति भंग गरिदिन्छन्। र, अफिसका कर्मचारीहरू टक्सिसिटीको शिकार बन्न पुग्छन्।
टक्सिक व्यवहारको अर्थ हो, अरूलाई अपमान गर्ने र बिना कारण दुःख दिने। हरेक कुरामा सहकर्मीहरूलाई खसालेर कुरा गर्ने र आफूलाई मात्र राम्रो देखाउन खोज्ने टक्सिक व्यक्तिहरूको मुख्य प्रवृत्ति हुन्छ। त्यस्ता व्यक्ति आफ्नो व्यक्तिगत जीवनमा पनि खुशी हुँदैनन्। किनकि, कोही पनि उनीहरूसँग रहन मन पराउँदैन। उनीहरूबाट टाढै बस्न रुचाउँछन्।
त्यसैले टक्सिक मानिसलाई बेलैमा चिन्नु जरुरी हुन्छ। नेगेटिभिटी फैलाउने सहकर्मीहरू नभएको अफिस छनोट गर्न सक्नुपर्छ। अरूको बारेमा हाकिमहरूलाई कुरा लगाउने, आलोचना गरिरहने, गल्ती मात्र देखाइरहने र कुनै समाधान निकाल्न नदिने टक्सिक मानिसहरूको खास क्रियाकलाप हुने गर्छ। त्यसैले हरेक कार्यालयका हाकिमहरूले त्यस्ता टक्सिक मानिसहरू पहिचान गरेर बेलैमा उनीहरूलाई विदा गरिहाल्नुपर्छ।
टक्सिक मानिसहरूका लक्षण
– ज्यादा कुरा लगाइरहने
– हरेक सहकर्मीको नराम्रो कुरा मात्र गर्ने
– बेइमानी गर्ने
– सधैं नकारात्मक व्यवहार प्रदर्शन गर्नु
– हरेक काममा गल्ती मात्र निकालेर बस्ने
– अर्को सहकर्मीमाथि अधिकार जताउन खोज्ने
– अर्को सहकर्मीलाई आफू अनुकुल प्रयोग गर्न खोज्ने
– मानिसका भावनाहरूमा ठेस पुर्याउने
अनेक प्रकारका टक्सिक मानिस
– इनर्जी ड्रेनर (ऊर्जा खाने)
– गसिप मोंगर (अफवाह फैलाउने)
– बुलिज (मानिसलाई अनावश्यक दुःख दिने)
– म्यानुपुलेटर (म्यानुपुलेट गरिरहने)
– द भिक्टिम (भिक्टिम कार्ड खेलिरहने)
– द पेसिमिस्ट (सधैं निराशा मात्र व्यक्त गर्ने)
टक्सिसिटीबाट हुने समस्या
– मेन्टल स्ट्रेस
– डिप्रेसन, एन्जाइटी
– निन्द्रा नलाग्ने
– एकाग्रतामा कमी
– सम्बन्धहरूमा नकारात्मक प्रभाव
– टाउको दुख्ने