मनाङ- हिमाली जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो ।
मनसुनजन्य विपदको समयमा उद्धार र राहतकालाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
प्रजिअ लामिछानेले जिल्लाका सम्पूर्ण कार्यालयलाई जनशक्ति, उपलब्ध स्रोतसाधन तथा सवारीसाधन विपदको समयमा परिचालन गर्ने गरी पूर्व तयारी अवस्थामा राख्न निर्देश गरिएको बताए ।
विसं २०७८ असार १ मा आएको बाढीपहिराका कारण निजी आवास पूर्णरुपमा क्षति लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय समेत भएको छ ।
Advertisement