• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः बर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक


आइतबार, असार ०९, २०८१ मा प्रकाशित

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

Advertisement

आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमाहलमा आयोजना हुने अवार्डका ८ विधामध्ये बर्ष प्रशिक्षक र बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को बर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भटट्, भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी छन् । यस्तै बर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द परेका छन् ।

विष्णुदत्त भट्ट १९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने प्रशिक्षक हुन् । पहिलो सहभागितामै पदक जितेर इतिहास रच्ने प्रशिक्षक बनेका उनी एसियाली खेलकुदमा कबड्डीबाट पदक दिलाउने पहिलो सुदुरपश्चिमका प्रशिक्षक हुन् । भारात्तोलन प्रशिक्षक जीवन गौतम एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई ३८ वर्षपछि ३ वटा कास्य पदक जिताउने प्रशिक्षक हुन । आईडब्लुएफ वल्र्ड कपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीका प्रशिक्षक गौतमले कतार ऐसियन च्याम्पियनसीप र ऐसियन गेम्समा नेपालको तर्फबाट भारात्तोलन प्रशिक्षक भएर भुमिका निर्वाह गरेका छन् ।

एथलेटिक्सका प्रशिक्षक रामचन्द्र जोशी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमलाई दोस्रो स्थानमा ल्याउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक हुन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा २१ स्वर्ण २१ रजत र ३० कास्य पदक गरी सुदुरपश्चिमले ७२ पदक जित्दा एथलेटिक्सबाट ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक सुदुरपश्चिमले जितेको थियो । १४ औँ राष्ट्रपति रनिङ शिल्डमा सुदुरपश्चिमलाई पहिलो बनाउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक जोशीको नेतृत्वमा १४ औँ राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण १२ रजत र १८ कास्य गरी सुदुरपश्चिमले ४९ पदक जित्दा एथलेटिक्सबाट ७ स्वर्ण ९ रजत र ७ कास्य गरी २३ पदक हात पारेको थियो ।

त्यस्तै, बर्ष युवा खेलाडीको मनोनयनमा परेका भारात्तोलन खेलाडी हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै ७३ किलो तौल समूहमा तीन कांस्य पदक हात पारेका छन् । एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई उनले ३८ वर्षपछि पदक जिताएका हुन् ।

फुटबलका कुशल देउवाले नेपाल सुपर लिगको दोस्रो संस्करणको च्याम्पीयन ललीतपुर सिटी एफसीलाई फाईनलमा पुराउँदा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका थिए । साफ यू–१९ च्याम्पियनसिपमा नेपालको सेमिफाईनलसम्मको यात्रामा प्रभाव राखेका उनले १७ बर्षको उमेरमा देशभरका विभिन्न घरेलु प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएका छन् ।

क्रिकेटका आकाश चन्द दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएर म्यान अफ द म्याच बनेका थिए । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग खेलमा तीन विकेट लिंएका उनले नेपाललाई सुपर सिक्समा पुगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसअघि सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको थियो । सुदुरपश्चिम आईकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारिरीक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

अवार्डमा दिईने आठ विधामध्ये ४ विधाको मनोनयन सार्वजनिक गरिदैं आएकोमा अब थप दुई विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाईफटाईम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

आइतबार, असार ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.