धनुषा- मिथिला नगरपालिका-३ हरियरपुर बस्ने निर बहादुर थापा मगरकी छोरी २ वर्षीया स्नेहा थापा मगरको ना.४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
निर बहादुरले आफ्नै घर अगाडि पार्किङ गरी राखेको उक्त ट्रक घरबाट लिएर हाईवेतर्फ निस्किने क्रममा स्नेहा खेल्दै गरेको अवस्थामा अचानक ट्रकको चक्कामा पर्न जाँदा चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।