काठमाडौँ । स्थानीय तहको आसन्न निर्वाचन गर्न पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दै छ ।
Advertisement
बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षको रिपोर्टिङ, चुनावी घोषणा पत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।
बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्ने छ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।