• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जापानमा फैलियो ‘मासु खाने ब्याक्टेरिया’, जानौं के हो यो ?


    Avatar photo
बिहिबार, असार ०६, २०८१ मा प्रकाशित

टोकियो- जापानमा पछिल्ला दिनमा ‘मासु खाने ब्याक्टेरिया’ फैलिएको छ। स्ट्रेप्‍टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटीएसएस) एक दुर्लभ स्वास्थ्य समस्या हो, जो विषाक्त पदार्थ पैदा गर्ने ब्याक्टेरियल ग्रुप स्ट्रेप्‍टोकोकलका कारण उत्पन्‍न हुन्छ।

Advertisement

उक्त ब्याक्टेरियाले मानिसको मासु खान शुरु गर्छ र शरीरका अंगहरूलाई तीव्र गतिमा ड्यामेज गरिदिन्छ। जापानमा यस वर्ष २ जुनसम्ममा यसका १ हजार बिरामी फेला परिसकेका छन्। उक्त ब्याक्टेरियाको सम्पर्कमा आएको व्यक्तिको तत्काल उपचार नभए ४८ घण्टाभित्र मृत्युको मुखमा पुगिसकेको हुन्छ। यसबाट हुने मृत्युदर ३० प्रतिशत छ।

लक्षण

– अचानक उच्च ज्वरो आउनु
– शरीर थरथरि काँप्‍नु
– शरीरमा सहनै नसकिने दुखाइ हुनु
– फ्लूजस्तो लक्षण देखिनु
– वान्ता हुनु
– पातलो दिसा आउनु
– छालामा राता दाना देखिनु
– हातखुट्टाको छाला खुइलिनु
– रिंगटा लाग्‍ने र बेहोश हुने
– उच्च रक्तचाप अचानक बढ्नु
–आँखा र घाँटीमा रातो हुनु

छालाको कुनै चोट लागेको हिस्साबाट उक्त ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छ। कुनै माध्यमबाट रगतको सम्पर्कमा उक्त ब्याक्टेरिया पुग्यो भने उक्त ब्याक्टेरिया ब्लड स्ट्रिममार्फत शरीरमा फैलिन्छ।

महिलाहरूमा महिनावारीको दौरान पनि उक्त ब्याक्टेरिया शरीरमा प्रवेश गर्ने खतरा रहन्छ। महिनावारीका दौरान ट्याम्पुन या कप प्रयोग गर्ने महिला सबैभन्दा बढी जोखिममा देखिएका छन्। यो ब्याक्टेरियाले बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई आक्रमण गरेको पाइएको छ। खासगरी, रोग प्रतिरोधी क्षमता कमजोर रहेका व्यक्ति यसको बढी जोखिममा हुन्छन्।

यी हुन् जोखिम समूह

– महिनावारीमा ट्याम्पुन प्रयोग गर्ने महिला
– महिनावारीमा डायफ्राम या कप प्रयोग गर्ने महिला
– कुनै प्रकारको छालाको इन्फेक्सन भएका व्यक्ति
– छालामा कुनै प्रकारको चोट लागेका व्यक्ति
– भरखरै सर्जरी गराएका व्यक्ति
– गर्भ मिसक्यारेज भएका महिला
– भरखरै आमा बनेका महिला
– मधुमेह भएका व्यक्ति
– चौबीसै घण्टा मदिरामा लठ्ठिने व्यक्ति
– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति
– ६५ वर्षभन्दा माथिको उमेर समूह
– स-साना बालबालिका

यो ब्याक्टेरिया फैलिन नदिन जापानमा घाउहरूको तत्काल उपचार गराउन सरकारले अपील नै गरेको छ। टोकियोका इन्फेक्सियस डिजिजका प्राध्यापक केन किकुचीले मानिसहरूलाई बारम्बार हात धुन, हाइजिन मेन्टेन गर्न र आफ्ना घाउको तत्काल उपचार गर्न आग्रह गरेका छन्। क्लिभल्यान्ड क्लिनिकका अनुसार यसबाट हुने मृत्युदर देशपिच्छे ३० देखि ७० प्रतिशत हुन सक्छ।

समयमै उक्त रोग पहिचान भयो भने एन्टिबायोटिक्स, लिक्विड्स र औषधिबाट सहजै उपचार गर्न सकिन्छ। त्यसबाहेक ‘जे-८’ नामक भ्याक्सिन पनि बजारमा उपलब्ध छ।

बच्ने उपाय

– महिनावारीका बेलामा ट्याम्पुनको साटो स्यानिटेरी प्याड प्रयोग गरौं
– दिनमा ट्याम्पुन आवश्यक हुन्छ भने राति सुत्दा प्याड नै प्रयोग गरौं
– ट्याम्पुन प्रयोग गर्नेहरूले हरेक ४ देखि ८ घण्टामा त्यसको सफाइ गरौं
– शरीरमा कुनै पनि प्रकारको चोट लाग्यो भने तत्काल उपचार गरौं
– बारम्बार हात धोऔं
– हाइजिन मेन्टेन राखौं

बिहिबार, असार ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.