काठमाडौं- सामान्यता मानव मस्तिष्कले गर्ने कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदिमा गडबडी हुनु मानसिक समस्या देखिनु हो।
मानसिक रोग विभिन्न विभिन्न प्रकारका हुन्छन्। डिप्रेसन, एन्जाइटी डिसअर्डर, निन्द्रासम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोगलगायत मानसिक समस्या नेपालमा धेरैजसो देखिने गरेका छन्। रक्सी सेवनको लत, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग हुन्।
नेपालमा २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान छ।
कारणहरू
बहुआयामिक कारणहरूबाट व्यक्तिमा मानसिक रोग हुने गर्छ। वंशाणुगत गुणबाट कतिपयमा मानसिक रोग देखा पर्छन्। अर्थात्, बाबु-बाजेहरूमा मानसिक रोग देखा परेमा सन्तानहरूमा पनि यसको असर देखा पर्छ।
पारिवारिक वातावरण पनि मानसिक रोगको कारण हो। परिवारमा झैझगडा हुने, सदस्यहरू कलहका कारण छुट्टिने, तनाव भइरहने भएमा बच्चाहरूमा यसको नकारात्मक असर पर्छ। विस्तारै उनीहरूमा विभिन्न किसिमका मानसिक रोग हुने सम्भावना उच्च रहन्छ।
दुर्घटनाबाट पर्न गएको मानसिक असर, दीर्घ रोगीहरूमा मानसिक रोग बन्न सक्छ। धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ। रक्सीको अत्यधिक सेवन, सामाजिक, राजनीतिक परिवेशले समेत युवामा मानसिक असर गरिरहेको हुन्छ।
लक्षण
डिप्रेसन
डिप्रेसनका बिरामीमा असामान्य व्यवहार गर्ने, झर्किने, दिक्क लाग्ने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने आदि लक्षणहरू देखिन्छन्।
डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाइ आउने, आफ्नो ख्याल राख्न छोड्ने अर्थात कुनै कुरामा ध्यान नदिने, एक्लै बस्ने समस्या देखिन्छ।
एन्जाइटी
एन्जाइटीका बिरामीहरूमा डर लाग्ने, तर्सिने, बिना कारण झसंग हुने, जिउमा कम्पन हुने, श्वास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ। यस्तै, निन्द्रा नपर्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालको डर महशुस हुने हुन्छ।
मानसिक असन्तुलन
मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो। मानसिक असन्तुलन भएका व्यक्ति अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ। रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षणहरू हुन्।
रोकथाम र उपचार
मानसिक रोगको अधिकांश कारण तनाव व्यवस्थापन गर्न नसक्नु हो। तनावबाट टाढा रहने, सकारात्मक विचार, स्वस्थ जीवनशैली अपनाउने, व्यायाम गर्ने, कुलतमा नलाग्ने आदिबाट दिमागमा पर्ने सम्भावित असरबाट बच्न सकिन्छ।
मानसिक रोगका लक्षणहरू देखा परेमा चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ। रोग प्रारम्भिक चरणमै भएमा सामान्य सल्लाह, परामर्शबाटै उपचार गर्न सकिन्छ। यसबाहेक औषधिबाट, अस्पताल भर्ना गरेर, आईटीएनएस, ईसीटी अर्थात इलेक्ट्रोकन्सुलिभ थेरापीबाट उपचार गर्न सकिन्छ।
एजेन्सीको सहयोगम