• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

आर्टिफिसियल स्विटनर्सले बढायो हृदयाघातको खतरा !


    Avatar photo
शनिबार, असार ०१, २०८१ मा प्रकाशित

नयाँदिल्ली- युरोपियन हर्ट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार चिनीको विकल्पमा प्रयोग भइरहेको आर्टिफिसियल स्विटनर जाइलिटोलले हृदयाघातको खतरा बढाएको छ।

Advertisement

उक्त पदार्थ बिस्कुट, चकलेट र केकमा पनि प्रयोग गर्ने गरिएको छ। जुलाई २०२३ मा विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिनीको विकल्पमा प्रयोग भइरहेको आर्टिफिसियल स्विटनर एस्पार्टेमले टाइप-२ डाइबिटिज र हृदयाघातको खतरा बढाएको बताएको थियो।

डब्लूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले यस्ता पदार्थबाट एस्पार्टेम क्यान्सरको पनि खतरा बढाएको बताएको थियो। त्यसपछि आर्टिफिसियल स्विटनर पनि प्रयोग नगर्न संगठनले चेतावनी दिएको थियो।

भारत पञ्चाबमा २ महिनाअघि १० वर्षकी बालिकाको बर्थडे केक खाएका कारण मृत्यु भएको थियो। पछि उनको शरीर जाँच गर्दा त्यसको कारण आर्टिफिसियल स्विटनर रहेको पत्ता लागेको थियो।

भारतमा मात्र ३८ प्रतिशत जनसंख्याले आर्टिफिसियल स्विटनर उपभोग गर्दै आएको छ। एक अध्ययनअनुसार संसारमा बर्सेनि १२० करोड किलो आर्टिफिसियल स्विटनर प्रयोग हुने गरेको छ। सन् २०२८ सम्ममा यसको प्रयोग १४५ करोड किलो पुग्ने अनुमान छ।

भारतको शहरी इलाकामा बसोबास गर्ने ३८ प्रतिशत मानिसले आर्टिफिसियल स्विटनर प्रयोग गर्छन्। डब्लूएचओका अनुसार संसारका ४२ प्रतिशत मानिस डाइबिटिजबाट पीडित छन्। तिनै बिरामीले चिनीभन्दा सुरक्षित हुने ठानेर आर्टिफिसियल स्विटनर उपभोग गर्छन्। जब कि, उनीहरूका लागि यो झनै हानीकारक छ।

ख्यातिप्राप्त चिकित्सक डा. ज्यासन फङले आफ्नो पुस्तक ‘द डाइबिटिज कोडः प्रिभेन्ट एन्ड रिभर्स टाइप-२ डाइबिटिज नेचुरल्ली’मा आर्टिफिसियल स्विटनर्सलाई मिथ बताएका छन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाका इन्डोक्रोनोलोजी विभागका प्राध्यापक डा. रोबर्ड लस्टिगले आफ्नो पुस्तक ‘फ्याट चान्स’मा यसलाई स्वास्थ्यका लागि हानिकारक बताएका छन्।

क्लिभल्यान्ड क्लिनिकमा कार्डियोभास्कुलर एवं मेटाबोलिक साइन्सेजका चेयरपर्सन डा. स्टेनली हेजेनका अनुसार धेरै प्याकेज्ड फुडमा आर्टिफिसियल स्विटनर मिलाइएको हुन्छ। त्यसबाट ब्लड क्लटिङको खतरा बढेको उनको भनाइ छ।

खासमा, सुगरका रोगीले खाने सुगर फ्री वस्तुहरू सबै आर्टिफिसियल स्विटनर्सबाटै बनेका हुन्छन्। हेल्थ जर्नल ‘हेडेक’मा प्रकाशित रिपोर्टअनुसार आर्टिफिसियल स्विटनर्सले टाउको दुखाइ, डिप्रेसन र बेहोसीको समस्या निम्त्याउँछ। यस्तो समस्या पछिल्ला दिनमा स-साना बालबालिकामा पनि देखिएको छ। यस्ता पदार्थले गुड गट ब्याक्टेरियालाई बढ्न नदिई हानीकारक गट ब्याक्टेरिया बढाउन मद्दत गर्छन्। र, शरीर सुन्‍निने, रोग प्रतिरोधक क्षमतामा कमी, माइग्रेन र एन्जाइटीको समस्या निम्त्याउँछन्।

भास्कर डट कमबाट

शनिबार, असार ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.