काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। उनलाई पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रम आयोजना गरी पार्टी प्रवेश गराउने भएको हो।
Advertisement
अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टी (जसपा)का नेताहरूसमेत एमालेमा प्रवेश गर्ने भएका छन्। उनीहरूलाई आज दिउँसो १ बजे एमाले पार्टी कार्यालयमा हुने कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन्।
अभिनेत्री मानन्धर पछिल्लो समय केपी शर्मा ओलीसँग भेटघाटमा व्यस्त बन्दै आएकी थिइन्। यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।