काठमाडौँ । मोरङको लेटाङमा आइतबार भएको घटनामा संलग्न छ जना पक्राउ परेका छन्। प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
Advertisement
प्रहरीले सोमबार बिहान खेरूवाबाट छ जनालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी कार्यालयले जनाएको हो। दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
गत चैत ४ गते (होलीको दिन) शिक्षा विकास माविका निमावि का शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपपछि लेटाङमा आइतबार (हिजो) तनावग्रस्त बनेको हो।