काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेताहरू पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्। असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका हुन् ।
Advertisement
लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको भन्दै विधानअनुसार महाधिवेशन गर्न माग गर्दै आइतबारदेखि धर्ना कार्यक्रम सुरु भएको हो। नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएको छ।
नेविसंघका नेताहरूले पार्टीले कायम गरेको ३२ वर्षको उमेर हदबन्दी हटाउन माग गरेका छन्।