कैलाली– धनगढी उपमहानगरपालिकाले ‘टी-२० विश्वकप’ खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। धनगढीको पार्कमोड गेट अगाडि नि:शुल्क ‘टी-२० विश्वकप’ क्रिकेट खेल देखाइने उपमहानगरपालिकाले बताएको छ।
नेपाली समयअनुसार मंगलबार (आज) साँझ ९ः१५ बजे बजेदेखि शुरु हुने खेल हेर्नका लागि धनगढी उपमहानगरपालिकाले ठूलो एलईडी स्क्रिनबाट प्रत्यक्ष प्रसारण गर्न लागेको जनाएको छ।
१० बर्षपछी दोश्रोपटक नेपालले ‘टि-२०’ बिश्वकप खेल्न लागेको हो। नेपाल अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग भिड्दै छ।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो।
टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।
नेपाली टिममा सन्दिप लामिछाने पनि खेल्ने कुराले आशा जगाएको क्रिकेट प्रेमिलाई अन्तिम समयमा अमेरिकाले भिषा नदिदा केही खिन्नता भने छाएको छ।