• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

३ तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल


मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित

देउखुरी (दाङ)– तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ। नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा छन्। साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन्। घोराही उपमहानगरपालिका-७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल)का विद्यार्थीको दैनिकी यस्तै छ। यो नदीको बहाव उत्तरतिर भएकाले यस नदीको नाम उत्तरबाहिनी नामकरण गरिएको छ। जहाँ-जहाँ उत्तरतिर नदी बगेका छन् ती सबै पितृका दिशा भएकाले धार्मिक रूपमा पवित्र मानिन्छन्।

Advertisement

उपमहानगरपालिकाको वडा नं ७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ बिघा चार कट्ठा एक धुर जग्गा दान दिएर स्थापना गरेको गुरुकुल हो। करिब २३ वर्ष संस्कृत पढाइ भएको उक्त विद्यालयमा २०४५ सालमा बन्द भयो। हाल सोही विद्यालय गुरुकुल बनेको छ। गत वर्षदेखि संस्कृत पढाइ सुरु भएको विद्यालयका प्रबन्धक प्रकाश भट्टराईले बताए। गोरक्ष रत्ननाथ पात्रदेव चौघेरामा अध्ययन गरिरहेका विद्यार्थीहरू २०८० साल जेठ २० गते उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी संस्कृत विद्यालय (गुरुकुल)मा स्थानान्तरण भएका छन्।

घोराही उपमहानगरपालिकाको पहलमा नमूना संस्कृत विद्यालय बनाउने योजनासहित २०८० सालको शैक्षिकसत्रदेखि पुनः सञ्चालनमा आएको गरुकुलका प्रबन्धक भट्टराईले बताए। गुरुकुलमा अहिले दाङ, प्युठान, बाँके, बर्दिया र भारतबाट आएकासमेत गरी ३० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको स्वामित्वमा १५ बिघा जमिन छ। यसलाई नमूना संस्कृत विद्यालय (गुरुकुल)का रूपमा विकास गर्ने प्रयास भएको छ।

यहाँ सातदेखि १७ वर्ष सम्मका वटुक छन्। उनीहरूको दैनिकी बिहान ४ः३० बजेदेखि सुरु हुन्छ। बिहान नुहाइधुवाइसँगै नित्यकर्म गर्छन्। वैदिक फाउण्डेसनको सहयोगमा बिहान ६.३० देखि ८ः४० बजेसम्म रुद्री पढ्छन्। मन्त्रोच्चारणपछि उनीहरू खाना खान्छन् र विद्यालय पोशाक लगाएर पढ्न जान्छन्।

विद्यालयका अन्य विद्यार्थीले दिवाखाजा खाँदा उनीहरू पनि गुरुकुलमा खाजाका लागि आउँछन्। अन्य विद्यार्थीसँग लेखपढ गरेपछि उनीहरुको खाना, बसाइ हरेक गतिविधि गुरुकुलको नियमानुसार हुने गरेको प्रबन्धक भट्टराईले बताए। विद्यालय समयपछि ५ बजेसम्म खेल्छन्। बेलुका ६ बजे खाना खाने घण्टी लाग्छ। खानापछि ध्यान गर्ने र सन्ध्याको तयारी गरी आरती गर्ने र भजनकीर्तनमा रमाउने गर्छन्। उनीहरू मादल, हार्मोनियम बजाएर भजन गाउने, नाच्ने र रमाइलो पनि गर्छन्। उनीहरूको दैनिकी एकै किसिमकोे छ। उनीहरू संस्कृत भाषा, व्याकरण, कर्मकाण्ड र वेदसँगै अङ्ग्रेजी, नेपाली र गणित पढ्छन्।

गुरुकुलमा कक्षा ६ देखि औपचपारिक अध्यापन हुुने भए पनि कक्षा ४ का विद्यार्थीलाई पनि राख्ने गरेको उनले बतताए। कक्षा ६ मा आठ, कक्षा ७ मा १०, कक्षा ८ मा पाँच, कक्षा ९ मा सातजना विद्यार्थी छन्। उनका अनुसार गुरुकुललाई विकास गर्दै उत्तर मध्यमासम्म पढाइ हुनेगरी विकास गर्ने उद्देश्य रहेको छ । जिल्लामा गुरुकुल नहुँदा पहिले यो शिक्षा लिनका लागि बालबालिकालाई स्वर्गद्वारी, देवघाटलगायत भारतको हरिद्वार र बनारससम्म जानुपर्ने बाध्यता थियो। गुरुकुल स्थापनासँगै बाहिर जानुपर्ने बाध्यता हटेको छ।

ज्ञान र ध्यान केन्द्र बनाइने

राष्ट्रियता, मानवता, धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले दाङको शुक्रबारको विद्यालयलाई जीवित राख्न खोजिएको प्रबन्धक भट्टराईले बताए। धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोच भएकाले सहयोगी हातहरूको आवश्यकता रहेको प्रबन्धक भट्टराईले बताए।

दिनप्रतिदिन सहरीकरण बढ्दै गइरहेको छ। मानिस होहल्लाबाट शान्त चाहन्छ, त्यसका लागि आश्रम बनाउन सकेमा पर्यापर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सकिने उनले बताए। ज्ञान केन्द्र र ध्यान केन्द्र बनाउनका लागि गुरुयोजनाअनुसार काम गर्ने दानदाताको खोजीमा रहेको उनले बताए। जिल्लाभित्र र बाहिरका भक्तजनले दिवङ्गत आफन्तको नाममा दान गर्ने र तिथिमा वटुकलाई भोजन गराउने गरेका छन्। दाताले गरेको दानबाट बचेको रकमको परिचालन वटुकहरूको खानपानको व्यवस्था हुने गरेको प्रबन्धक भट्टराईले जानकारी बताए। दिगो व्यवस्थापन नभएका कारण दाताको दानले मात्रै गुरुकुल सञ्चालन गर्न कठिन हुने उनी बताउँछन्। तीनवटै तहका सरकारको सहयोग भएमा गुरुकुल सञ्चालन निर्वाध हुने उनको विश्वास छ।

मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.