काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली र अन्य भागमा आंशिक बदली रहने छ। देशका पहाडी भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको र हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, सोमबार देशको पहाडी भागमा आंशिक बदली रही अन्य भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भागका केही स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। राति देशको पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने छ।
मंगलबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही अन्य भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भागका एक–दुई स्थानहरूमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।