काठमाडौं- शिशु जन्मेदेखि ६ महिनासम्म सम्भव भएसम्म आमाको दूध नै खुवाउनुपर्छ। तर, ६ महिना पूरा भएपछि बच्चालाई आमाको दूध सँगसँगै पोषिलो खानेकुरा खुवाउनुपर्छ।
६ महिनापछि थप खाना खुवाउँदा बच्चाको उमेर, रुचि, मात्रा, सरसफाइ, सक्रियतालगायत कुरामा पनि ख्याल गर्नुपर्छ।
उमेरअनुसारको खाना
६ देखि ९ महिना
– आमाको दूधसँगै दिनमा तीनपटक पोषिलो खाना खुवाउने
– खाना खुवाउँदा हतार नगर्ने
९ देखि १२ महिना
– आमाको दूध र दिनमा ३ पटक खाना र एकपटक खाजा खुवाउने
– खाजामा केरा, अण्डाजस्ता खानेकुरा पनि समावेश गर्ने
१२ देखि २४ महिना
– आमाको दूध र दिनमा ३ पटक खाना र २ पटक खाजा खुवाउने
– खानामा अन्न वा कन्दमूल, गेडागुडी, तेलहन, गाई वा भैंसीको दूध दुग्धजन्य अन्य पदार्थ, माछामासु, अण्डा, हरियो सागपात र फलफूल मिलाएर खुवाउनुपर्छ।
– ठोस पदार्थ खुवाउँदा गहुँ, कोदो, मकै, फापरबाट बनेको लिटो खुवाउने
– जाउलोमा दाल, पालुङ्गो, काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी मिसाउने
– फलफूलमा मिचेको केरा, खरबुजा, मेवा, स्याउ खुवाउने
– अण्डा, माछामासु खुवाउने