काठमाडौं- एक्जिमा छालाको बाहिरी सतहमा लामो समयसम्म देखिने समस्या हो । छालामा रोग प्रतिरोध क्षमताको कमी भएपछि यो समस्या देखिन्छ । एक्जिमा बढीजसो नवजात शिशुहरूमा बढी देखिन्छ र बाल्यकालसम्म रहन्छ । वयस्क अवस्थामा पनि देखा पर्न सक्छ ।
लक्षण
व्यक्तिअनुसार यसका लक्षण फरक-फरक देखा पर्न सक्छन् । जसलाई मेडिकलको भाषामा ‘एटोपिक डर्माटाइटिस्’ भनिन्छ । यसको मुख्य लक्षण एक्जिमा भएको ठाउँमा अत्यधिक चिलाउने हो । एक्जिमा शरीरको जुनसुकै भागमा देखा पर्न सक्छ । तर, अनुहारको छाला, कुहिनाको जोर्नी, घुँडा, नाडी र घाँटीमा बढी असर गरेको पाइन्छ ।
– अत्यधिक चिलाउने,
– एक्जिामा देखिएको शरिरको भागको छाला भिजेको जस्तो हुने
– थोपा-थोपा पानी बगिरहने,
– छाला पोल्ने वा छालामा जलन हुने,
– छालाको पत्र-पत्र निस्किने,
– चाउरिने र रातो हुने,
– स-साना पानी फोका आउने,
– छालामा सुख्खापन बढी हुने,
कारण
– छाला रोगबाट प्रभावितहरूसँग संगत,
– जलन हुने तथा एलर्जी गराउने पदार्थको प्रयोग,
– छालामा सुख्खापन,
– बच्चामा दाँत आउँदा,
– खानाको एलर्जी,
– अत्यधिक तनाव
उपचार
– समस्या देखिएपछि छाला रोग विशेषज्ञसँग परामर्श गर्ने,
– ‘टोपिकल’ नामक औषधि छालाको सतहमा लगाउने,
– चिकित्सकको सल्लाहमा एक्जिमाको अवस्थाअनुसार अन्य औषधिको सेवन गर्ने,
वैकल्पिक उपचार
– छालालाई ओसिलो पार्ने क्रिमको प्रयोग गर्ने,
– छालाको सतहमा ‘स्टेरोइड क्रिम’ वा लेप लगाउने,
– पट्टि बाध्ँने,
– एलर्जी गराउने कुराबाट टाढा रहने,
– पराबैजनी किरणबाट बच्ने,
– दिनको दुई, तीन पटक छाला ओसिलो राख्ने क्रिमको प्रयोग गर्ने,
– धेरै चिल्लो भएको, सुगन्ध नभएको क्रिमको प्रयोग गर्ने,
– साबुनको सट्टामा मोइस्चराइजर प्रयोग गर्ने,
– साबुन, फिँजबाट नुहाउने, जेल र डिटर्जेटबाट टाढा बस्ने,
– घरको काम गर्दा पन्जा लगाउने,
– नुहाइसकेपछि मोइस्चराइजर लगाउने,
– आरादायी कपडा लगाउने
– सुती र ऊनीबाट बनेका कपडा प्रयोग नगर्ने
– एलर्जी हुने जनावर नपाल्ने