काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन्। उनले स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगाबाट)अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका हुन्।
Advertisement
प्रधानमन्त्री देउवाले शनिबार दोलखा पुगेर सबस्टेसनको उद्घाटन गरेका हुन्। सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु–४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरूको विद्युत प्रणालीमा जोडिएको छ।