काठमाडौँ । बागबजारस्थित भक्तपुर बसपार्कमा एक युवाको हत्या भएको छ। गत ३ गते ५–६ जनाको समूहको कुटाईले घाइते भएका खोटाङ घर भएका २९ वर्षीय रोशन राईको मृत्यु भएको हो।
Advertisement
सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकबीच झगडा शुरु भएको थियो। झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनमाथि मरणासन्न हुने गरी कुटेका थिए।
उपचारका क्रममा रोशनको शुक्रबार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।