• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग, कसरी संक्रमणबाट जोगिने ?


सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

काठमाडौं । पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । तराईका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा यो समस्या बढिरहेको छ । विशेष गरी गर्मी मौसममा आँखा पाक्ने समस्या समान्य भए पनि केहीमा जटिलता उत्पन्न गराउने चिकित्सकहरु बताउँछन् ।

Advertisement

चिकित्साकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ अर्थात समान्य भाषामा आँखा पाक्ने समस्या भनिन्छ । आँखा पाक्ने संक्रमण हुँदा शुरुमा यी लक्षण देखन्छिन् :
– आँखामा केही बिझे जस्तो महसुस हुने,
– उज्यालोमा हेर्न गाह्रो हुने,
– दृष्टि धमिलो हुने जस्ता समस्या देखिन्छन् ।

त्यसैगरी समस्या बढ्दै गएपछि भने यी जटिल लक्षण देखिन्छन् :
– आँखा रातो हुने
– चिलाउने, पोल्ने,
– पानी बग्ने,
– चिप्रा लाग्ने ।

आँखा पाकेपछि के गर्ने ?
–साबुनपानीले राम्ररी हात धुने,
–आँखा सफा राख्ने,
–आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,
–फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
–दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
–आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
–अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
–आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
–आँखा बेस्सरी नमिच्ने । यसो गर्दा कर्नियामा घाउ हुन सक्छ,

कहिले काहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ ।

–संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,
–सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
–कालो चश्माको प्रयोग गर्ने,
–स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने ।

कसरी गर्ने घरमै हेरचाह ?
यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ । जसले गर्दा एक दुई सातामै आफैं निको हुन्छ ।
–आँखा बरफले सेक्ने,
–सफा पानीले सफा गर्ने,
–घरमा बस्दा वा बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,
–संक्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,
–आँखालाई नचलाउने,
–अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,
–आफूखुशी औषधिको प्रयोग नगर्ने,
–गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने ।

आँखा पाक्ने समस्या जिवाणुका कारण हुने रोग भएकोले यो समुदायमा सहजै र छिटै फैलिने नेत्ररोग विशेषज्ञहरु बताउँछन् ।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.