• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कृत्रिम रूपमा पकाइएका आँप खाँदा के ध्यान दिनुपर्छ ?


आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

बीबीसी । प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने बताएका छन् ।

Advertisement

खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन् ।

उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर, हार्डवेअरमा सहजै पाइने भएकाले आँप र केरालाई पकाउन त्यसको प्रयोग गरिने गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसीलाई बताइन् । नेपालमा फलफूलको क्षेत्रफलमध्ये आँपले झन्डै ५० हजार हेक्टर भूभाग ओगटेको अधिकारीहरू बताउँछन् ।

आँपलाई पकाउन के गर्ने गरिएको छ ?
राष्ट्रिय फलफुल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल प्राकृतिक रूपमा आँप पक्ने समय भइनसकेको भन्दै अहिले बजारमा पाइने आँप खादा ध्यान दिनुपर्ने बताउँछन् ।

उनी भन्छन्, “नेपालमा अहिले आँप पाक्ने बेला भइसकेको छैन् । अलि चाँडै फल्ने आँपका प्रजातिहरू पनि भट्टीबाट धुँवा नै लगाए पनि प्राकृतिक ढङ्गले पाक्ने भनेको जेठ अन्तिमतिर मात्रै हो । त्यही भएर क्याल्सियम कारबाइड राख्यो भने आँपहरू पाक्ने र रङ्गहरू आउने हुन्छ ।”

उनले क्याल्सियम कारबाइड प्रयोग गरिएका आँपले स्वास्थ्यमा असर गर्ने भएकाले आफूहरूले उपभोक्ता र व्यवसायीहरूलाई त्यस्ता आँप नखान अनुरोध गर्ने गरेको बताए ।

बरालले थपे, “बजारमा कति जनाले सुई हानेर आँप पकाएको पनि भन्नुहुन्छ, तर त्यस्तो होइन् । क्याल्सियम कारबाइडको चलन एकदमै छ । हाम्रो तराई र अझ विशेषगरी भारतबाट आउने आँपमा त्यस्तो देखिन्छ ।”

आँप र केराजस्ता फलफूल पकाउन प्रयोग गरिने क्याल्सियम कारबाइडले मधुमेह, क्यान्सरजस्ता समस्याको जोखिम बढाउने अध्ययनहरूले देखाएका छन् ।

स्वास्थ्य विज्ञका अनुसार उक्त रसायनले स्नायुप्रणालीदेखि श्वासप्रश्वास प्रणालीसम्म असर गर्ने अध्ययनहरूले देखाएका छन् । उपभोक्तालाई कम हानि सुनिश्चित गर्नका लागि फलफूल पकाउन तिनलाई भट्टीमा राख्ने प्रणाली स्थापना गरिएको वरिष्ठ बागवानी अधिकृत बराल बताउँछन् ।

उनले भने, “फलफूलको थोक बजारमा केरा र आँपलाई भट्टी लगाउने भनेर भन्ने गरिन्छ । त्यसो गर्दा २४ घण्टाजति धुँवा लगाउने र त्यसपछि गुम्साएर राख्ने गरिन्छ । त्यसपछि रङ्ग पनि आउँछ र पाक्छ पनि । त्यो क्यालसियम कारबाइड प्रयोग गर्नुभन्दा कम हानिकारक हो ।”

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यका अनुसार क्यालसियम कारबाइड झन्डैझन्डै ‘चुन जस्तै हिसाब’ले सस्तोमा पाइने भएकाले त्यसको प्रयोग उच्च रहेको जनाए । त्यसबाहेक एथिलीनको प्रयोग गरेर पनि आँप पकाउने गरिएको उनले बताए ।

उनले भने, “पकाउनका लागि प्राविधिक रूपमा सिफारिस गरिएको एथिलीन हो । त्यसले एकदमै धेरै स्वास्थ्यमा असर गर्छ जस्तो लाग्दैन ।”

कृत्रिम रूपमा पकाइएका आँप खाँदा के ध्यान दिनुपर्छ ?
विज्ञहरूले प्राकृतिक रूपमा पाकेका आँप खानु नै सबैभन्दा उपयुक्त हुने बताउने गरेका छन् । उनीहरूका भनाइमा कृत्रिम रूपले पकाइएका आँप खाँदा सावधानी अपनाउनुपर्छ ।

वरिष्ठ बागवानी विकास अधिकृत बराल भन्छन्, “हामी मानिसहरूलाई भोलि बिहान आँप खानुछ भने आँपको भेट्नोलाई काटेर पानीमा २४ घण्टा राख्नुपर्छ भनेर सुझाव दिन्छौँ । त्यसो गर्दा त्यो रसायनको असर कम भनेर भन्ने गर्छौँ ।”

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख आचार्यले उपलब्ध भएसम्म क्लोरिन पानीको प्रयोग गरी आँपलाई त्यसमा डुबाउनुपर्ने बताए । उनले भने, “नुन-पानी नै प्रयोग गर्‍यौँ भने पनि एक किसिमले त्यसले काम गर्छ । खाँदा पनि बोक्रा फ्याल्ने गर्नुपर्छ । कृषक र उपभोक्ता दुवैलाई कारबाइड प्रयोग नगर्ने विषयमा अझ जानकार बनाउनु जरुरी छ ।”

जानकारहरूका अनुसार आँप फुलेपछि फाल्न पाक्न साधरणतया तीनदेखि पाँच महिना लाग्ने गर्छ । आँपमा लागेका फुलहरूमध्ये ९९.९ प्रतिशत झरेर जाने र साधरणतया ०.१ प्रतिशत फूलबाट आँप फल्ने राष्ट्रिय फलफुल विकास केन्द्रले प्रकाशित गरेको आँप खेती प्राविधिक पुस्तिकामा उल्लेख छ ।

आचार्य थप्छन्, “अहिले अचार बनाउने तहमा पनि पुगेको छैन् । अब भित्र नछिप्पिएको तर बाहिर पाकेको आँप पनि आउँछ । अफ सिजनको फलफूलमा आकर्षित हुँदा त्यसमा हर्मोन, विषादी वा अरू चिज प्रयोग भएको हुन्छ । त्यही भएर सिजनको प्रयोग गर्नु राम्रो हो । किनभने त्यसमा विषादी कम हुन्छ ।”

क्यालसियम कारबाइडको प्रयोग रोक्न के गरिएको छ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्य नेपाल र भारतमा आँप र केरा जस्ता फलफूलमा जनस्वास्थ्यमा नकरात्मक असर पार्ने क्यालसियम कारबाइड प्रयोग गर्ने गरिएका विवरणहरू आउने गरेका बताउँछिन् ।

उनले भनिन्, “त्यसमा हेभी मेटलको अवशेषहरू हुने भएकाले तिनले स्वास्थ्यलाई गम्भीर असर गर्ने ठानिन्छ । नेपालमा खाद्य पदार्थमा क्यालसियम कारबाइडको प्रयोगमा प्रतिबन्ध नै लगाइएको छ । भारतमा पनि यो प्रतिबन्धित छ ।” उनका अनुसार उक्त कालो रसायन आँपमा छर्कने गरिने र त्यसले गर्दा सो फललाई एकछिन गुम्म गरेपछि भोलिपल्टै पाक्ने गर्छ ।

क्याल्सियम कारबाइडलाई प्रतिबन्धित गरिएकाले खाध्य निरीक्षकहरूले त्यसलाई प्रयोग गर्ने कृषक र व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सक्ने जोशी सुनाउँछिन् । एसिटिलिन ग्यास उत्सर्जन प्रयोग गरिने क्याल्सियम कारबाइड स्टीलको उत्पादन र धातुलाई काट्नलाई प्रयोग गरिने बताइन्छ ।

नेपालमा कहाँ‍ कहाँ आँप फल्छ ?
आर्थिक वर्ष २०७९/८० को आँकडा अनुसार नेपालमा ५२,४४९ हेक्टर क्षेत्रफलमा आँप लगाइएकोमा ५ लाख १३ हजार मेट्रिक टन उत्पान भएको थियो । त्यसको एक वर्षअघि झन्डै ५३ हजार ५ सय हेक्टर क्षेत्रफलमा आँप रहेकोमा ४ लाख ९८ हजार ८५९ मेट्रिक टन उत्पादन भएको थियो ।

राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत बराल नेपाभित्रको उत्पादनले मुलुकको आँपको माग एक महिना पनि धान्न नसक्ने बताउँछन् ।

उनका अनुसार नेपालमा खपत हुने अधिकांश आँप भारतबाट आउने गर्छ । नेपालमा २४ जिल्लामा व्यवसायिक रूपमा आँप खेती हुने गर्छ र सबैभन्दा बढी उत्पादन मधेश प्रदेशमा हुने गरेको अधिकारीहरू बताउँछन् ।

नेपालमा अगौटो, मध्यम र हाइब्रिड गरी डेढ दर्जनभन्दा बढी प्रकारका आँपहरू फल्ने गर्छन् । आँपका ५ देखि ६ वर्षका बोटहरूमा २० देखि ३० वटा फल लाग्ने बताइन्छ ।

बाह्र वर्ष नाघेका बोटमा प्रति वर्ष २,५०० वटा आँप फल्न सक्ने र २० वर्षभन्दा बढी उमेरका बोटबाट २,००० देखि ४,००० आँप प्रतिबोट फल्न सक्ने राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको छ ।

आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.