• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अवैध क्यासिनोको रजगज, मौन छन् नियमनकारी निकाय


    Avatar photo
बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

काठमाडौं- साढे ३ वर्षदेखि बन्द पाँचतारे होटेल डेला अन्‍नपूर्णका मालिक परिवर्तन भएको हल्लासँगै अन्‍नपूर्ण परिसरमा अवैध रूपमा सञ्‍चालित एटलान्टिक रिक्रिएसन प्रालिको बहु-विवादित ‘क्यासिनो प्यालेस’को पनि चर्चा शुरु भएको छ।

Advertisement

बन्द होटलमा सञ्‍चालित क्यासिनोले निरन्तर सञ्‍चालन अनुमति पाइरहँदा अनुगमन तथा कारवाहीको जिम्मेवारी पाएको पर्यटन विभाग भने मुकदर्शक बनेको छ। कोरोना महामारी शुरु भएदेखि सञ्‍चालन खर्च धान्‍न नसकेर बन्द भएको यो होटल परिसरमा सञ्‍चालित क्यासिनोले भने निरन्तर अनुमति पाइरह्यो। त्यो पनि मन्त्रालय तहसम्मको सेटिङमा। नत्र भने बन्द भएको होटलमा सञ्‍चालित मापदण्ड नै नपुगेको क्यासिनोको पाँचतारे होटलबिनै २-२ पटकसम्म कसरी नवीकरण भयो? जब कि, त्यतिबेला नै होटेल व्यवस्थापनले पर्यटन मन्त्रालयदेखि आन्तरिक राजस्व कार्यालयलगायत सरोकारवाला सम्पूर्ण निकायमा बन्द गरिएको जानकारी गराइसकेको थियो। सबै निकाय उक्त होटेल बन्द रहेकामा सुसूचित नै थिए र छन्।

चालु आर्थिक वर्षमा भने उक्त क्यासिनोले नवीकरण अनुमति पाएको छैन। मापदण्डको ‘मा’ नै पूरा नगरेको क्यासिनोको लगातार २ वर्षसम्म नवीकरण गराउन सफल भएपछि हौसिएका सञ्‍चालक विनयकुमार साह यसपालि पनि क्यासिनो नवीकरण गराउने दौडधुपमा थिए। तर, प्रयास सफल नहुँदै क्यासिनोमा अवैध अनलाइन सट्टेबाजी भइरहेको बेला प्रहरीले छापा हानेपछि उनी फरार छन्।

क्यासिनोहरूको नियमनको दायित्व सरकारले पर्यटन विभागलाई दिएको छ। यता, पर्यटन विभागका प्रवक्ता कालिबहादुर भुजेलले एटलान्टिक रिक्रिएसन प्रालिको विषयमा अध्ययन भइरहेको बताए। रायका लागि फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको उनले बताए। भने, ‘एटलान्टिकको फाइल महान्याधिवक्ताको कार्यालयमा पुगेको छ, रायको लागि। एकचोटी पुगेर फर्केर आयो, पुनः पुगेको छ। त्यसपछि आएको छैन।’

०००

१९ माघ राति दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेर जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ३ भारतीय र ६ नेपाली नागरिकलाई नियन्त्रणमा लियो। उनीहरूसँगै अवैध अनलाइन सट्टेबाजीमा प्रयोग हुने नेपाली मूल्य १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ हुन आउने विभिन्‍न देशका मुद्रा, ल्यापटप ३, कम्प्युटर सेट ७, एनभीआर १, ट्याब ३, मोबाइल ३, अवैध अनलाइन गेमिङसम्बन्धी कागजातहरू र तासका गड्डीहरू प्रहरीले बरामद गर्‍यो।

प्रहरीले क्यासिनोबाट ३ भारतीय र ६ नेपाली नागरिकलाई पक्राउ गर्‍यो। तर, पक्राउ परेका ६ नेपालीको संलग्‍नता नदेखिएको भन्दै प्रहरीले रिहा गर्‍यो। ३ भारतीय ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहविरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको छ। उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका छन्।

तर, क्यासिनोका सञ्‍चालक विनयकुमार साहसहित अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी, पानदुरांग नायक र तरुण खत्तेर फरार छन्। उनीहरूलाई प्रहरीले फरार प्रतिवादी बनाएको छ। फरार हुनेमा सञ्‍चालक साहबाहेक सबै भारतीय हुन्।

क्यासिनो प्यालेसमा विनयकुमार साह र प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन प्रालिका तर्फबाट अशोककुमारको सेयर छ। ८५ प्रतिशत विदेशी र १५ प्रतिशत स्वदेशी सेयरमा यो क्यासिनो सञ्‍‍चालन हुँदै आएको छ।

०००

क्यासिनो नियमावली २०७० (पछिल्लो संशोधन २०७६) मा क्यासिनो सञ्‍चालन गर्न कम्तीमा पाँचतारे होटल वा सो सरहको डिलक्स रिसोर्टका सञ्‍चालकले आफ्नो परिसरमा क्यासिनो सञ्‍चालन गर्न दिएको लिखित सहमति हुनुपर्छ। होटलको सहमतिपछि मात्रै क्यासिनो सञ्‍चालनको पूर्वस्वीकृतिदेखि सञ्‍चालनको लाइसेन्स पाउने व्यवस्था छ।

बन्द भएपछि होटेल अन्‍नपूर्ण पाँचतारे हैसियतमै छैन। किनकि, होटेल सञ्‍‍चालनमै छैन। होटल नै सञ्‍चालनमा नभएपछि क्यासिनो सञ्‍चालन गर्न पाउने कुरै भएन। कानूनतः ‘क्यासिनो प्यालेस’को नवीकरण गर्ने कुनै आधार छैन। तर, सञ्‍चालक साह विभागबाट टिप्पणी उठाएर मन्त्रालयमार्फत नवीकरण गराउन लागिपरेका थिए।

होटल बन्द भएपछि अन्‍नपूर्ण होटल व्यवस्थापनले पनि होटलको संरचना पुराना भइसकेको भन्दै नयाँ बनाउन लागेको बताएको थियो। कोभिड महामारीका कारण स्वदेशी तथा विदेशी पाहुनाको आगमन शून्यमा झर्दा आर्थिक मन्दीले होटेल बन्द गर्नुपरेको सञ्‍चालक सिर्जना राणाले बताएकी थिइन्। तत्कालीन समयमा उनले होटेल सदाको लागि नभई अवस्था सुधारोन्मुख नहुँदासम्मका लागि बन्द गर्न लागिएको बताएकी थिइन्। तर, एटलान्टिक रिक्रियसन प्रालिले होटल बन्द भए पनि अदालतबाट आदेश ल्याएर क्यासिनो सञ्‍चालन गरिरहेको छ।

‘केही क्यासिनो तोकिए बमोजिमका पूर्वाधार नभएका ठाउँमा पनि चलिरहेका छन्। उनीहरू कुनै समयमा विभाग वा मन्त्रालयले दर्ता खारेज गरेका क्यासिनोहरू पुनः अदालती मुद्दा प्रक्रियामा गएर स्टे अर्डरबाट सञ्‍चालन भएका छन्,’ विभागका प्रवक्ता भुजेल भन्छन्, ‘तिनलाई के गर्ने भन्‍ने विषयमा फैसला नभएको कारणले गर्दा अन्योल थियो। अब मुद्दा पनि चाँडै फैसला हुँदैछ भन्‍ने सुन्‍नमा आएको छ।’

यतिबेला होटल अन्‍नपूर्णका मालिक परिवर्तन भएको पनि चर्चा हुन थालेको छ। व्यवसायी उमेश श्रेष्‍ठ र भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङले होटलको २० प्रतिशत स्वामित्व खरिद गरेको चर्चा भइरहेको छ। तर, आधिकारिक जानकारी सार्वजनिक भइसकेका छैनन्। विभागका प्रवक्ता भुजेलले पनि होटल मालिक परिवर्तन भएको अनौपचारिक जानकारी आएको बताए। होटलको नवीकरण अवधि बाँकी नै रहेको र केही सेवाहरू पनि चालु नै रहेको उनले बताए।

‘होटलको नविकरण अवधि बाँकी छ तर होटल चालु छैन। केही सेवा चालु रहेको बुझिएको छ। त्यहाँको हल चलिरहेको छ। हिजो अस्ति मात्रै एउटा कार्यक्रम भएको सुन्‍नमा आएको छ। हेल्थ क्लबहरू चालु छन्,’ उनले भने, ‘होटल नयाँ धनीले लिए रे भन्‍ने सुन्‍नमा आएको छ। हामीसँग आधिकारिक जानकारी आएको छैन। अब के गर्ने भन्‍ने विषय फाइल आएपछि थाहा हुन्छ।’

क्यासिनो नियमावली २०७० को अनुसुची-२ मा क्यासिनो सञ्‍‍चालन गर्न आवश्यक पूर्वाधार तोकिएको छ।

(क) पर्याप्त सवारी पार्किङ क्षेत्र भएको

(ख) स्‍नान घर (सावर रुम) सावना, स्टिम बाथ

(ग) व्यायाम स्थल

(घ) स्पासम्बन्धी सुविधा

(ङ) स्विमिङ पुल

(च) क्यासिनो स्थलमा खेलकुदको सुविधा

(छ) चमेना गृह (रेस्टुराँ)

यस्तै, मन्त्रालयले समय-समयमा तोकेबमोजिमका अन्य पूर्वाधारहरूको पनि व्यवस्थापन गर्नुपर्छ। होटेल, रिसोर्ट, क्यासिनो र साहसिक पर्यटनसम्बन्धी विवरण, २०७८ अनुसार क्यासिनो सञ्‍‍चालन गरिने सम्बन्धित होटेलको स्तर वर्गीकरणको म्याद कायम रहेको हुनुपर्छ। तर, होटेल अन्‍नपूर्ण नै बन्द रहेकाले यो मापदण्डबाहिर छ, ‘एटलान्टिक रिक्रिएसन प्रालि’। होटेल नै सञ्‍‍चालनमा नरहेकाले माथिको सुविधाबाट पनि उक्त क्यासिनो वञ्‍चित छ।

०००

यहाँ रजगज ‘क्यासिनो प्यालेस’को मात्र छैन, क्यासिनो चलाउने तयारी गरिरहेका हायात प्यालेस र एभरेस्ट होटलमा पनि मापदण्ड पूरा नगरी क्यासिनो सञ्‍चालन गर्ने तयारी भइरहेको छ। हायातले पार्किङमै क्यासिनो बनाइरहँदा एभरेस्टको क्यासिनो भवन भने सडकपारि छ। प्रवक्ता भुजेलले भने एभरेस्टको क्यासिनो सडकपारि नभई त्यो उसकै परिसर भएको जानकारी आएको दाबी गरे।

‘होइन जुन कुरा छँदै छै,न त्यसको त कुरै गर्नुपरेन। हायात प्यालेसमा क्यासिनो छैन। क्यासिनो स्वीकृती नै लिएको छैन। पार्किङमा बनाउन खोजेको रे भन्‍ने सुन्‍नमा आएको हो,’ उनले भने, ‘एभरेस्ट होटलले पनि क्यासिनो चलाएको छैन। उहाँहरूको क्यासिनो चलाउँछु भन्‍ने इच्छा हो। तर, पूर्वाधारहरू पूरा नभइसकेको अवस्था हो। एभरेस्ट होटलको क्यासिनो बिल्डिङ रोडपारि छ। रोड भन्‍नाले त्यस्तो ठूलो रोड त होइन, त्यो उनीहरूको परिसर नै हो। उनीहरूले नै एउटा बाटो खुला गरेको र पछि विस्तार भएर गाडी गुड्न सक्ने बनेको भन्‍ने सुन्‍नमा आएको छ। उहाँहरूको कुरा त्यस्तो आएको छ।’

तर, उनले क्यासिनो सञ्‍चालनको प्रक्रिया नै शुरु नभएकाले स्थलगत अनुगमनमा नगएको बताए। उनले भने, ‘हामी क्यासिनो सञ्‍चालन नभएको कारणले त्यसको स्थलगत अनुगमन र निरीक्षणमा गएका छैनौं। जब उहाँहरू क्यासिनो सञ्‍चालन गर्छौं भनेर आउनुभयो भने र क्यासिनो सञ्‍चालन गर्ने कम्पनी स्थापना भएपछि मात्रै हामी जान्छौं।’

यस वर्ष असार मसान्तसम्ममा सबै नवीकरणको काम सक्ने तयारी रहेको उनले बताए। नयाँ क्यासिनो ऐन आएको र त्यसका लागि नियमावली बनाउने प्रक्रियामा रहेकाले काममा केही बाधा रहेको उनले बताए। भने, ‘अब अन्य क्यासिनोका कुरा गर्ने हो भने अब नयाँ नवीकरणका दिन हुन लागे। किनभने, हरेक क्यासिनोले जेठ मसान्तसम्म निवेदन दिइसक्नुपर्छ। यो वर्ष हामीले असार मसान्तसम्ममै नवीकरण सक्ने हो कि भनेर योजना बनाउँदै छौं। तर, हामीलाई काम गर्न केही बाधाहरू छन्। क्यासिनो ऐन नयाँ आएको छ। नियमावली बनाउन सकेका छैनौं। नियमावली बनाउन सकिएन भने काम गर्न पनि सकिन्छ कि सकिँदैन थाहा छैन। नियमावली ड्राफ्टको प्रक्रियामा छौं।’

०००

नेपालमा पाँचतारे होटलमा मात्र क्यासिनो सञ्‍चालन गर्न पाइन्छ। त्यस्तै चारतारे होटलमा मिनी क्यासिनो सञ्‍चालन गर्न पाइन्छ। तर, यस्ता क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको छ। क्यासिनो नियमावली, २०७० (पछिल्लो संशोधन २०७६) को नियम १८ मा क्यासिनो सञ्‍चालनसँग सम्बद्ध कर्मचारी, सुरक्षा निकायका कर्मचारी, मन्त्रालय, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजश्‍व विभाग, उद्योग विभाग वा कम्पनी रजिस्ट्रारको कार्यालयले अनुसन्धान, अनुगमन तथा निरीक्षणमा खटाइएको कर्मचारीहरू बाहेक कोही पनि नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने उल्लेख छ। तर, यस्ता क्यासिनोमा नेपाली नागरिकलाई अन्य देशको परिचयपत्र बनाएर प्रवेश गराइएको विषयहरू पनि बेलाबेला सार्वजनिक हुने गरेका छन्।

विभागका प्रवक्ता भुजेल भने यी कुरा स्वीकार्दैनन्। आफ्नो अनुगमनमा यस्ता कुराहरू नदेखेको दाबी गर्छन् उनी। ‘यीचाहीं भनिएका र सुनिएका विषय हुन्। यस्ता कुरा सुन्दा हामी पनि अनुगमनमा जान्छौं र त्यहाँका सीसीटीभी क्यामेराका फुटेजहरू, उनीहरूले राखेका रेकर्डहरू हेर्छौं। त्यस्तो खासै देख्‍नमा आएको छैन,’ उनले भने, ‘कहिलेकाहीं यदाकदा सुन्‍नमा आएको छ। तर, अनुगमनका क्रममा त्यस्तो देखिएको छैन। जब समाचार आउँछ, हामीले पनि अनुगमनमा पठाएका छौं। जनशक्तिको अभावले निरन्तर अनुगमन गर्न सकिरहेका छैनौं।’

तर नेपाली नागरिकलाई भारतीय परिचयपत्र बनाएर क्यासिनोमा प्रवेश गराउने गरिएको समाचारहरू आउने गरेका छन् नि भन्‍ने प्रश्नमा उनले गलत मनसाय जता पनि हुने भन्दै गलत गरेको भेटिए कारवाही हुने बताए। उनले भने, ‘ठ्याक्कै छैन भन्‍ने स्थिति त नरहला, हामीले अहिलेसम्म देखेका छैनौं र छैन होला भन्‍ने अनुमान गरेका छौं। गलत कारोबार गर्ने मान्छे त भइहाल्छन्। गलत भेटियो भने ती कारवाहीका भागिदार हुन्छन्। त्यस्ता केही पक्राउ पनि परेका छन्।’

 

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.